बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जनस्वास्थ्य विभागको प्रमुखमा डा.पौड्याल नियुक्त

मङ्गलबार, २१ फागुन २०७५, १६ : ५७
मङ्गलबार, २१ फागुन २०७५

काठमाडौँ– त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको जनस्वास्थ्य केन्द्रीय विभागको प्रमुखमा सहप्राध्यापक डा.आमोद कुमार पौड्याललाई नियुक्त गरिएको छ । त्रिवि कार्यकारी परिषदले पहिलोपटक भदौँ १७ गते जनस्वास्थ्य केन्द्रीय विभाग गठन गरेको थियो । 

त्रिविबाट विभाग गठन भएको पाँच महिना बितिसक्दा समेत केन्द्रीय विभाग प्रमुखको नियुक्ति प्रक्रियामा ढिलाई भएको भन्दै स्वतन्त्र विद्यार्थी युनियन, महाराजगञ्ज मेडिकल क्याम्पसले तीन महिनासम्म डीन कार्यलय बन्द गरेका थिए ।

साथै नेपाल जनस्वास्थ्य संघले त्रिवि पदाधिकारीहरु तथा डीन कार्यलयलाई गम्भीर ध्यानाकर्षण गराएको थियो । स्वतन्त्र विद्यार्थी युनियन र डीन कार्यलयको सम्झौतापश्चात डीन प्रा. डा.जगदीश अग्रवालले त्रिविलाई विभागीय प्रमुखको निम्ति लिखित राय पेस गरेका थिए ।

जसअन्तर्गत प्राध्यापक पौड्याल जनस्वास्थ्य केन्द्रीय विभागको प्रथम प्रमुखमा नियुक्ति भएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप