बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कलाकारको गुनासोः चर्चामा आउन कि मर्नै पर्ने, कि विवादमा पर्नैपर्ने ?

मङ्गलबार, २१ फागुन २०७५, १२ : ५१
मङ्गलबार, २१ फागुन २०७५

बुटवल– राज्यले कलाकारिता क्षेत्रलाई उचित सम्मान गर्न नसकेको कलाकारहरुले गुनासो गरेका छन् । 

नेपालको मैलिक गीतको रुपमा मानिने  लोक गीतलाई राज्य र मिडियाले  कम साथ दिएको उनीहरुको गुनासो छ । 

बुटवलमा पाँचौ अर्ना रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता तथा साँस्कृतिक महोत्सवबारे आयोजित साक्षात्कारमा बोल्दै उनीहरुले नेपालका राज्य सञ्चालकहरुले कलाकारिताको विकास र संरक्षणका लागि आश्वासन बाहेक कुनै सम्मान र स्थान नदिएको गुनासो गरेका हुन् । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष बद्री पंगेनीले नेपालका कलाकारहरु चर्चामा आउन कि मर्नैपर्ने कि बिबादमा पर्नैपर्ने ? भन्दै प्रश्न गरे ।

उनले नेपालमा धेरै मिडियाहरु भएपनि कलाकारका राम्रापक्षबारे लेख्न कन्जुस्याई गर्ने गरेको बताए । ‘कलाकारका लागि पत्रकार घर छाउने खर जस्तै हो, पहिले कम मिडिया थिए, अहिले धेरै छन् तर पहिलेको तुलनामा कलाकारको चर्चा र महत्व कम भयो,हाम्रो बेवास्था भयो की ?’ उनले भने ।

‘कि मर्न पर्ने कि बिबादमा पर्नपर्ने ?, हामी राज्यसँग पनि लडेकै छौं, हामी चाहन्थ्यौं राज्यको पाँचौ अङग बनाइयोस् तर राज्यले अङग त दिएन,तर अब ढंग पुर्याओस् अंग चाहिएन’ उनको भनाई थियो ।

उनले बुटवलमा जारी अर्ना दोहोरीलाइ सफल बनाउन सबैको सहयोग र पहल हुनुपर्ने पनि बताए । 

पशुपति शर्माको गीतबारे पंगेनीलाइ सोधिएको प्रश्नमा उनले अब त्यतातिर नजान हात जोडेर आग्रह गरे ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल निर्बतमान अध्यक्ष चन्द्र शर्माले २०३९ बाट हेटौडाबाट शुरु भएको दोहोरी गीत प्रतियोगिता अहिले समयसापेक्ष परिष्कृत हुदै गएको बताए । प्रतिष्ठानका प्रदेश ५ अध्यक्ष डिल्लीनारायण पाण्डेले नेपाली लोकदोहोरी क्षेत्रले संस्कार र संस्कृतीको संरक्षण गरिरहेको बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप