शिक्षक र प्रहरीबीच झडप, बानेश्वर क्षेत्र तनावग्रस्त

काठमाडौँ– विभिन्न माग राखेर आन्दोलनमा उत्रेका सामूदायिक विद्यालयका राहत शिक्षक र प्रहरीबीच झडप हुँदा बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । माइतीघरमा जम्मा भएर वानेश्वरतर्फ अघि बढेका शिक्षकलाई प्रहरीले एभरेष्ट होटल अगाडि रोक्न खोजेपछि प्रहरी र शिक्षकहरुबीच झडप भएको हो । प्रहरीले आन्दोलन निस्तेज पार्न पानीको फोहोरा र अश्रुग्यास हानेपछि । शिक्षकहरुले नाराबाजी गर्दै ढुंगामुढा गरेका थिए ।
प्रहरीसँगको झडपमा केही शिक्षक घाइते भएका छन् । मुलुकभरका प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमासमेत ४० हजारको हाराहारीमा राहत दरबन्दीका शिक्षक कार्यरत रहेको बताइएको छ । यसअघि सरकारले विद्यालय तहमा शिक्षक अभाव भएपछि अस्थायी दरबन्दी सिर्जना गरेर राहत कोटामा शिक्षक नियुक्त गरेको थियो ।
तिनै शिक्षकले आफूहरुलाई स्वतः दरबन्दीमा रुपान्तरण र आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नुपर्ने माग गरेका छन् । आफूहरुको माग विपरित शिक्षा मन्त्रालयले संघीय शिक्षा ऐन ल्याउन लागेको भन्दै उनीहरु आन्दोलनरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख तीन पार्टीमै संस्थापनविरुद्ध इतर पक्षको जितको सन्देश के ?
-
लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा
-
सहिद परिवारको घरमा प्रचण्डको बास
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?