शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शिक्षक र प्रहरीबीच झडप, बानेश्वर क्षेत्र तनावग्रस्त

सोमबार, २० फागुन २०७५, १६ : ५०
सोमबार, २० फागुन २०७५

काठमाडौँ– विभिन्न माग राखेर आन्दोलनमा उत्रेका सामूदायिक विद्यालयका राहत शिक्षक र प्रहरीबीच झडप हुँदा बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । माइतीघरमा जम्मा भएर वानेश्वरतर्फ अघि बढेका शिक्षकलाई प्रहरीले एभरेष्ट होटल अगाडि रोक्न खोजेपछि प्रहरी र शिक्षकहरुबीच झडप भएको हो । प्रहरीले आन्दोलन निस्तेज पार्न पानीको फोहोरा र अश्रुग्यास हानेपछि । शिक्षकहरुले नाराबाजी गर्दै ढुंगामुढा गरेका थिए । 

प्रहरीसँगको झडपमा केही शिक्षक घाइते भएका छन् ।  मुलुकभरका प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमासमेत ४० हजारको हाराहारीमा राहत दरबन्दीका शिक्षक कार्यरत रहेको बताइएको छ । यसअघि  सरकारले विद्यालय तहमा शिक्षक अभाव भएपछि अस्थायी दरबन्दी सिर्जना गरेर राहत कोटामा शिक्षक नियुक्त गरेको थियो ।

तिनै शिक्षकले आफूहरुलाई स्वतः दरबन्दीमा रुपान्तरण र आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नुपर्ने माग गरेका छन् । आफूहरुको माग विपरित शिक्षा मन्त्रालयले संघीय शिक्षा ऐन ल्याउन लागेको भन्दै उनीहरु आन्दोलनरत छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप