शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

किड्स एण्ड टिन फेशन मोडल सम्पन्न

सोमबार, २० फागुन २०७५, १५ : १६
सोमबार, २० फागुन २०७५

काठमाडौं – किड्स एण्ड टिन फेशन मोडल २०२९ सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सी आयोजक रहेको कार्यक्रममा ‘प्रि किड्स फेशन मोडल २०१९’ यशाश्री महर्जन भएका छन्, भने ‘किड्स मेल फेशन मोडल २०१९’ सहश्र प्रधान चुनिए ।
त्यस्तै ‘किड्स फिमेल मोडल २०१९’ स्लेशा  बिष्ट, ‘प्रि टिन मेल फेशन मोडल २०१९’ स्वागत मल्ल, ‘प्रि टिन फिमेल फेशन मोडल २०१९’ बेविशा भण्डारी घोषित भए ।
सबै विजेताले ट्रफिसँँगै विभिन्न गिफ्ट ह्याम्पर र सात हजार पाँच सय नगदका साथै थाइल्याण्डमा हुने ‘इन्टरनेशनल फेशन फेस्टिवल २०१९’मा भाग लिन पाउनेछन् । 
सोनिया गुरुङ, विनी बज्राचार्य, फडेन्द्र प्रसाई, ऋषिराम अधिकारी, अक्षयजंग रायमाझी कार्यक्रमका जज रहेका थिए ।बालबालीको प्रतिभा निखार्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप