बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सांगीतिक बजारमा यो साता भित्रिए यस्ता गीत

सोमबार, २० फागुन २०७५, १३ : ३२
सोमबार, २० फागुन २०७५

काठमाडौ –सांगीतिक बजारमा दिन प्रतिदिन नयाँ गीत भित्रिने क्रम बढ्दो छ । यस्तैमा यो साता पनि बजारमा दर्जन बढी नयाँ गीत भित्रिएका छन् । ती यस्ता छन्ः 

‘परदेशी हुँदा...’
काठमाडौं – गायक एवम् संगीतकार गोविन्द मधुर आचार्य र गायिका बसन्ता प्रकृतिको स्वरमा रहेको ‘परदेशी हुँदा...’ले राम्रो प्रतिक्रिया पाएको छ ।
‘परदेशी हुँदा’का शब्द शिव शर्मा ‘चञ्चल’ले लेखेका हुन् । संगीत र एरेञ्ज गायक स्वयं आचार्यको हो । विदेशमा बस्ने युवाहरूको कथा व्यथलाई गीतमा उतारिएको छ । गीतमा विशेष गरेर आमाछोराको पीडालाई समेटिएका छ ।
‘विदेश जाने र घर परिवारमा बस्नेहरूको पीडालाई गीतमा ढालिएको छ’, गायक आचार्यले भने, ‘गीतको मिठास सबैले मन पराइदिनु भएको छ । गीतका शब्द त झन् धेरैलाई मन परेको छ ।’
गीतको म्युजिक भिडियोको निर्देशन शिव पुरीले गरेका हुन् । भिडियोमा राजकुमार, अञ्जु देउजा, रेगन क्षेत्री र हरि दवाडीले अभिनय रहेको छ । 

‘नजिकिनु सजिलो थियो’

काठमाडौं – गीतकार दर्पण राईको महत्वकांक्षी गीत मध्ये एक हो, ‘नजिकिनु सजिलो थियो’ । ‘तिम्ले बाटो फेरेऊ अरे’जस्ता चर्चित सिरिज गीतका गीतकार दर्पणको पछिल्लो यसै गीतको भिडियो सार्वजनिक भएको छ । भिडियो दर्पणले आफ्नै अफिरियल यु–ट्यु्ब च्यानल ‘एमएमएस इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरेका हुन् ।
एक कुसल तथा क्रियटिभ निर्देशक समेत रहेका गीतकार दर्पणको यस रचनालाई पवन राईले गाएका छन् । यस गीतलाई यसअघि फिमेल भर्सनमा मोडल तथा गायिका सम्झना राईले गाएकी थिइन् । उक्त फिमेल भर्सनलाई पनि दर्शक तथा श्रोताले निकै रुचाएका थिए । यसैबेला पुन ‘नजिकिनु सजिलो थियो’लाई मेल भर्सनमा तयार गरेर भिडियोमा ल्याएका हुन् । 
एउटै गीतलाई विभिन्न भर्सन र सिरिजमा ल्याउन खप्पिस मानिने गीतकार दर्पणले यसपटक आफ्नो गीतको भिडियोलाई आफैँले निर्देशन गरेका छन् । महेन्द्र राईको संगीत रहेको यस गीतलाई बुद्ध सायमीले एरेञ्ज गरेका हुन् । प्रस्तुत भिडियोमा गायक पवनसँगै मोडल रोजिना राई फिर्चड छिन् । 

‘जाउ हिँड’ 
काठमाडौं – गायक बिकु क्षेत्रीको स्वर ‘जाउ हिड’ बोल गीत सार्वजनिक भएको छ । रविन बिस्टको रहेको गीतमा डम्बर खापुङले संगीत भरेका छन् । 
गीतको भिडियोमा चर्चित जोडी पल शाह र आँचल शर्माको अभिनय रहेको छ । नविन निरौलाले भिडियोलाई सम्पादन गरेका हुन् । पदन चुवानको निर्माणमा बनेको भिडियोलाई गम्भीर बिस्टले निर्देशन गरेका हुन् ।

‘पिपलडाँडे ठिटो’
काठमाडौं – गायक तेज रिजालको दोस्रो लोक दोहोरी गीत बजारमा आएको छ । सिन्धुपाल्चोक घर भई हाल मलेसियामा काम गर्दै आईरहेका रिजालले आफ्नो दोस्रो नयाँलोक दोहोरी गीत ‘पिपलडाँडे ठिटो’ आम दर्शकमाझ ल्याएका हुन् । 
गीतमा स्वर गायिका गीतादेवि र स्वयम् तेज रिजालले दिएका छन् भने शब्द तेज रिजालले कोरेका हुन् । भिडियो र अडियो डि.ए.आर. मुभिज एण्ड फिल्मस्ले बजारमा ल्याएको हो । 
भिडियोमा सन्जीव ठकुरी र सिर्जना किरातीले अभिनय गरेका छन् । 

निरजको सानु माया 

काठमाडौं – गायक तथा संगीतकार निरज सिलवालको नयाँ गीत बजारमा आएको छ । दशरथ थापाले लेखेको ‘सानु माया’ बोलको गीतको म्यूजिक भिडियो सहित सिलवाल सांगीतिक बजारमा आएका छन् । 
‘सानु माया’ बोलको सार्वजनिक गीतको म्यूजिक भिडियोमा पछिल्लो समय चर्चामा रहेका रंजित पौडेलले अभिनय गरेका छन् । उनीसँगै म्यूजिक भिडियोमा ‘बुगी बुगी’ सिजन एक कि बिजेता कबितालाई पनि देख्न सकिन्छ ।

रोमान्टिक रुपमा प्रस्तुत गरिएको गीतको म्यूजिक भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन् । गायक सिलवालको यस अघि ‘तिमी हिड्ने बाटोमा’ बोलको गीत सार्वजनिक भएको थियो । 

‘हवाइजहाज’
काठमाडौँ –गायक सुरज थापाको आवाजमा रहेको नयाँ गीत ‘हवाईजहाज’को भिडियो सार्बजनिक गरिएको छ । गीतमा शब्द प्रमानन्द खरेलको रहेको छ, भने गीतमा प्रकाश नेपालीको संगीत रहेको छ ।
गोबिन्द मधुर आचार्यले संगीत संयोजन गरेको गीतलाइ अन्जुली इन्टरटेन्टमेन्टले प्रस्तुत गरेको हो । नेपाल आइडलमा सहभागी भएर धेरै दर्शक श्रोताको मनमा बस्न सफल गायक सुरज थापाले गीतलाई मन छुने गरि गाएका छन् ।
गीतको भिडियोमा ऋचा शर्मा, राज खड्काको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियो सर्जुन राइले निर्देशन गरेका हुन् । 

‘बैशाखी’
काठमाडौं –गायिका विष्णु माझी र गायक विष्णु पाण्डेको ‘बैशाखी ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । रमेश परियारको शब्द तथा लय गीतमा छ ।
बास्तविक जीवन भोगाईमा तयार पारिएको गीतमा सागर थापा र साया भण्डारीको अभिनय रहेको छ । सुरेश श्रेष्ठको छायाँकन , दिपक विष्टको सम्पादन, काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । 

‘भन्छन् नारायण...’
काठमाडौं– कुनै बेला सांगीतिक क्षेत्रमा राम्रो प्रभाव जमाउन सफल भएको हेटौंडाका संगीतकर्मीहरुको सांगीतिक समुह ‘सिजन्स ब्याण्ड’ लामो समयपछि दर्शक तथा स्रोतामाझ फर्किएको छ ।
२०६१ सालमा आफ्नो तेस्रो एल्बम ‘सात तिया“ एक्काइस’ मार्फत स्रोतामाझ आएको यो समुह १४ वर्षपछि चौथो एकल एल्बममार्फत पुनः सांगीतिक क्षेत्रमा सक्रिय हुने अन्तिम तयारी गर्दैछ । समुहले चौथो एकल एल्बम ‘सिजन्स द न्यू बिगिनिङ’ मार्फत स्रोतामाझ आउने तयारी गरेको हो ।
यसैबीच, ब्याण्डले शिवरात्रीको पूर्व सन्ध्या तथा विजया एकादशीको अवसर पारेर आज शनिवार मात्र चौथो एल्बमको पहिलो गीत ‘भन्छन् नारायण...’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

‘छैन बाच्ने आस’
काठमाडौं – गायक राजु बिरहीले यसपाली फरक धारको बियोगान्त गीत ‘छैन बाच्ने आस’को भिडियो सार्वजनिक भएको छ । 
बिरही स्वयकै स्वर, अभिनय र निर्देशनमा रहेको उक्त गीतमासिता लामा र गिता बुढाथोकीको अभिनय रहेको छ । भिडियोमा गिताको कारण धर्मराज सुवेदी र राजु बिरहीको द्वन्द देखाइएको छ ।

‘हुनेलाइ सबको माया’
काठमाडौं – गायिका अनुषा ओलीको स्वरमा ‘हुनेलाइ सबको माया’ गीतको भिडियो सार्बजनिक गरिएको छ । हरि लम्सालको संगीत र किरण के.उप्रेतीको शब्द रहेको गीतको भिडियो निश्चल केसीले निर्देशन गरेका हुन् । 
भिडियोमा अन्जली अधिकारी, सुरज श्रेष्ठ, रमा थपलिया र गायिका स्वयम् अनुशाको अभिनय रहेको छ । गीतमा गायिका ओलीको आफ्नै कथा व्यथा रहेको बताईन् । 

‘समय आएपछि’
काठमाडौं – नेपाली संगीत जगतमा नयाँ गजल संग्रह ‘समय आएपछि’ बजारमा आएको छ । संग्रहित एल्बममा ८ वटा गजलहरु संग्रह गरिएको छ । धुव्र केसीको शब्द र ईश्वर खत्रीको संगीत रहेको संग्रह गायक तथा संगीतकार दिपक जंगमले हालै विमोचन गरेका हुन् । 
संग्रहको गायक प्रमोद खरेलले गायको एक गीतको भिडियोद पनि बनेको छ । भिडियोमा आकाश श्रेष्ठ र नायिका आँचल शर्माको साथमा रश्मि भट्ट, राजाराम गौतम, श्वेता गोले लगाएतको अभिनय रहेको छ । 

‘मुहारै राम्रो’
काठमाडौं –गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘मुहारै राम्रो’को भिडियो आएको छ । दिलिप योञ्जनको शब्द रहेको गीतमा राजेश थापाको संगीत छ । 
गीतको भिडियोमा रोनिश तामाङको छायाँकन, एकान्त मगरको सम्पादन तथा निर्देशन र एकान्त मगर र खुशिका मगरातीको अभिनय छ । 


‘मित्रको मायाँ गरन’
काठमाडौं – गीतकार मित्र के.सीको स्वर, सङ्गीत रहेकोे ‘ए मायाँ सुनन्, एक पल्ट हेरन...’ बोलको गीतको भिडियो व्हाईट ईन्टरटेन्टमेन्टले युट्युव मार्फत सार्वजनिक भएको छ ।
भिडियोका निर्देशक एलेन मगर हुन् । भिडियोमा सुशिला गौतम, सुनिल, माधवको अभिनय रहेको छ । पछिल्लो समय निरन्तर भिडियो निर्माणमा सकृय रहदै आएको व्हाईट पिगन मिडियाले स्रोता, दर्शक रुचिका भिडियोलाई मात्र प्रार्थमिकता दिदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप