यो देशमा छैनन् एकजना पनि अपराधी, खाली छन् जेल
संसारको कुनै कुनामा अपराध बढिरहेको छ भने कतै स्वात्तै घटेका पनि छन् । यद्यपी, एउटा युरोपेली देश यस्तो पनि छ जहाँ अब एकजना पनि त्यस्ता अपराधी छैनन् जसलाई जेलमा राख्न सकियोस् । यति पढिसक्दा पनि तपाईंलाई विश्वास लागिरहेको छैन होला तर धर्तीमा एउटा यस्तो पनि देश छ जहाँका जेल खाली छन् ।
पश्चिमी युरोपेली देश नेदरल्याण्डमा घट्दो आपराधिक क्रियाकलापका अनुसार त्यहाँका जेल बन्द हुने स्थितीमा पुगेको छ । नेदरल्याण्डको जनसंख्या एक करोड ७१ लाख ३२ हजारभन्दा बढी छ ।
अचम्मको कुरा के छ भने नेदरल्याण्डसँग जेलमा राख्नका लागि कोही अपराधी नै छैनन् । सन् २०१३ मा त्यहाँ १९ कैदीमात्र थिए । सन् २०१८ सम्म यो देशमा कुनै अपराधी बचेका थिएनन् ।
नेदरल्याण्डको जेल बन्द हुँदा दुई प्रकारका महत्वपूर्ण परिवर्तन हुनेछन् । सामाजिक दृष्टिकोणले हेर्ने हो भने घट्दो अपराध दर अर्थात् सुरक्षित देश । रोजगारको दृष्टिकोणले हेर्ने हो भने जेलमा काम गर्नेहरु बेरोजगार हुनेछन् ।
नेदरल्याण्डको जेल बन्द हुनुको अर्थ त्यहाँ लगभग दुई हजार मानिसहरुले जागिर गुमाउनेछन् । जसमा सात सयलाई सरकारको तर्फबाट उपलब्ध गराइएको अन्य स्थानमा ट्रान्सफर गरिनेछ ।
यद्यपी, जेल बन्द हुनुको अर्थ यो पनि हो कि नेदरल्याण्ड एक देश, एक प्रणाली, एक सरकार र नागरिकको रुपमा सफल भएको छ ।
त्यहाँ खाली जेलको मुद्दा यस्तो बिन्दुमा पुगेको थियो कि नेदरल्याण्ड आफ्नो सुविधा र व्यवस्था चलाउनका लागि नर्वेबाट कैदी मगाउनु परेको थियो ।
त्यहाँ कैदीका लागि इलेक्ट्रोनिक एंकल मोनिटरिङ सिस्टम छ । यो सिस्टममा उनीहरुको खुट्टामा एउटा यस्तो डिभाइस लगाइन्थ्यो जसमार्फत् उनीहरुको लोकेशन ट्रेस गर्न सकिन्थ्यो ।
यो डिभाइसले एउटा रेडियो फ्रिक्वेन्सी सिग्नल पठाउँछ जसमा अपराधीको स्थान पत्ता लाग्थ्यो । यदि कोही अपराधी कुनै निश्चित सीमाभन्दा बाहिर जान्थे तब यसबारे पुलिसले सूचना पाउँथे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राथमिकतामा यातायात पूर्वाधार : मेट्रोदेखि द्रुतमार्ग र सुरुङ मार्ग ‘सोकस’मा
-
प्रधान सेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा सैनिक महाविद्यालयको उद्घाटन
-
१७ औँ वार्षिकोत्सवमा सिटिजन्स बैंकद्वारा सडक आश्रितलाई १७ दिन भोजन
-
भारतको सहयोगमा दार्चुलामा बन्न लागेको विद्यालय भवनको शिलान्यास
-
जीबी राई समूहद्वारा स्वर्णलक्ष्मीका बचतकर्ताको २ अर्ब ७४ करोड भन्दा बढी रकम अपचलन
-
छोटुलालले फिर्ता गरे बाटोमा भेट्टाएको १७ लाख रुपैयाँ