शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटनामा परेकालाई किरिया खर्च

आइतबार, १९ फागुन २०७५, २१ : ४७
आइतबार, १९ फागुन २०७५

दार्चुला–शुक्रबार राति जीप दुर्घटनामा परी ज्यान गुमाएका ११ जनाको परिवारलाई सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा र दुहुँ गाउँपालिकाले किरिया खर्च हस्तान्तरण गरेको छ । 

मृतकका परिवारलाई किरिया खर्च स्वरुप प्रदेशसभा सदस्य बोहराले जनही रु पाँच हजार प्रदान गरे । यस्तै दुहँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले प्रतिव्यक्ति रु पाँच हजारका दरले किरिया खर्च हस्तान्तरण गरे । 
यसैबीच महाकाली यातायात व्यवसायी समितिले किरिया खर्च स्वरुप प्रतिव्यक्ति रु ५० हजारका दरले रकम दिने निर्णय गरेको छ । दुर्घटनामा परेकालाई बाँकी वीमाबापतको रकम प्रक्रिया अनुसार दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप