बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हुम्लामा ५ दिनमा एक दिन उडान

आइतबार, १९ फागुन २०७५, १८ : २२
आइतबार, १९ फागुन २०७५

हुम्ला– गत माघदेखि जिल्लाको एक मात्र यातायातको साधन हवाई सेवाले उडान कम भर्दै आएको छ । गत पुसदेखि लगातार हिमपात हुँदा हवाई यातायात प्रभावित हुँदै आएको हो । 

माघको पहिलो सातादेखि नेपागञ्ज र सुर्खेतका लागि उडान भर्दै आएका निजी एयरलाइन्स तारा, सीता, समिट, मकालु एयरले मौसम बदली हुने भएकाले पाँच दिनमा चार दिन उडान बन्द गरेर एकदिन मात्र उडान गर्दैै आएका छन् । उच्च हिमाली जिल्ला भएका कारण मौसम बदली हुनुका साथै हिमपातले हवाई उडानलाई समस्या बनाएको छ । 

उडान कम हुँदा जिल्ला भित्रने र बाहिर जाने यात्रुलाई समस्या भएको छ । हिमपात हुँदा सिमकोट विमानस्थलको हिउँ पन्छ्याउन समय लाग्ने भएकाले सो गर्नुपरेको बताइएको छ । जिल्लामा निरन्तरको हिमपातले पछिल्लो समय निजी एयरलाइन्सले हिमपातका कारण उडान कम भर्दै आएका छन् । 

सरकारी एयरलाइन्सले नेपागञ्जदेखि हुम्लामा यात्रु मात्रै ओसारेको सिमकोट विमानस्थलले जनाएको छ । अन्य निजी एयरलाइन्सहरुले पनि आज बढी प्राथमिकता यात्रु बोक्नमा दिएको समिट एयरका कर्मचारी राजबहादुर बोहराले बताए ।

आज निजी एयरलाइन्स नेपागञ्ज सुर्खेतदेखि नेपाल खाद्य संस्थानको चामल पनि ओसारेको उनले बताए  । जिल्लामा चार दिनसम्म हवाई उडान नहुँदा सिमकोटमा नेपागञ्जबाट भित्रने दैनिक उपभोग्य सामानको समेत अभाव हुँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप