शिक्षकको प्रदर्शनमा प्रहरी हस्तक्षेप
काठमाडौँ– स्रोत व्यक्ति सट्टा शिक्षक संघर्ष समितिको प्रदर्शनमा आज प्रहरीले हस्तक्षेप गरेको छ । सडक अवरोध गर्न खोजेपछि सामान्य लाठीचार्ज गरी पानीको फोहराले हटाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
प्रदर्शन गर्दै आज माइतीघरबाट बानेश्वर जाने क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि हस्तक्षप गर्नुपरेको प्रहरीले जनाएको छ । सट्टा शिक्षकले सरकारले कामबाट हटाएर बेरोजगार बनाउन खोलेएको भन्दै आन्दोलित भएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उनीहरुलाई स्रोत व्यक्तिको रुपमा नरहने र पुरानै स्रोत व्यक्तिलाई पठाउने निर्णग गरेको थियो ।
आन्दोलनरत् सट्टा शिक्षकले यसअघि सरकारलाई विभिन्न विषय समेटेर मागपत्र बुझाएका थिए । कतिपय विद्यालयमा स्रोत शिक्षक नआउँदा सट्टा शिक्षकले नै पढाउँदै आएका छन् । आज उनीहरुले माइतीघर मण्डलामा समेत प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण