शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जय शम्भो : शिवको ‘प्रसाद’ ले लठ्ठ बाबाहरु !

आइतबार, १९ फागुन २०७५, १७ : १३
आइतबार, १९ फागुन २०७५

हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्वको रुपमा मानिने शिवरात्रीको पूर्वसन्ध्या पशुपति मन्दिरमा सन्त बाबाहरुको चहलपहल बढेको छ । शिवरात्रीमा हरेक वर्ष पशुपतिमा देश–विदेशबाट आएका थरी–थरीका बाबाहरु देख्न पाइन्छ ।

बाबाहरुको चहलपहलसँगै यतिबेला पशुपति मन्दिर क्षेत्रमा युवाहरुको उपस्थिति बढेको छ । शिवरात्रीलाई भक्तजनहरु शिवको विशेष पूजाआरधना गर्ने दिनको रुपमा लिन्छन् । युवापुस्ताका लागि भने शिवरात्री ‘शिव बुटी’ वा ‘शिवको प्रसाद’ अर्थात् गाँजा पिउने दिन हो । शिवरात्रीमा उनीहरु शिवको पूजाअर्चनाभन्दा पनि गाँजा खोज्नकै लागि पशुपति पुग्ने गर्छन् । पशुपति मन्दिर क्षेत्रमा बाबाहरुसँग ‘प्रसाद’ लिनेहरुको उल्लेख्य भीड देख्न पाइन्छ ।

शिवरात्रीलाई मध्यनजर गरेर नेपाल प्रहरीले गाँजाबिरोधी अभियाननै चलाउने बताएको छ । गाँजा सेवनलाई निरुत्साहित गर्न प्रहरीले गाँजा पिउनेहरुलाई कारवाही नै गर्ने बताइसकेको छ ।

शिवरात्रीमा गाँजा ताने कारवाही, गाँजा बेच्ने ‘बाबा’ पनि निगरानीमा

यद्यपि, पशुपतिमा अहिले पनि लुकिछिपी गाँजा खोज्ने र तान्नेहरु भेट्न सकिन्छ । हेरौँ शिवरात्रीको पूर्वसन्ध्या पशुपति मन्दिर क्षेत्रमा देखिएका दृश्यहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप