शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए युएईका अध्यक्ष दुबईमा पक्राउ, केन्दीय अध्यक्ष भट्टलाई सोधपुछपछि छाडियो

आइतबार, १९ फागुन २०७५, ११ : २२
आइतबार, १९ फागुन २०७५

काठमाडौं– एनआरएनए केन्द्रीय अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कूल आचार्य र एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठलाई दुबई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुबई प्रहरीले अध्यक्ष भट्ट र उपाध्यक्ष आचार्यलाई साधारण सोधपुछपछि रिहा गरेको भएपनि युएई अध्यक्ष श्रेष्ठलाई हालसम्म छाडेकाे छैन । 

एनआरएनए युएईका एक अधिकारीले मदिरा सेवन गरेर सवारी चलाएको अभियोगमा उनीहरुलाई शुक्रबार बिहान दुबईबाट प्रहरी नियन्त्रणमा लिएको जानकारी आएको बताए । 

गाडी श्रेष्ठले चलाएको र चेकजाँचका क्रममा उनले मापसे गरेको भन्दै तीनै जनालाई नियन्त्रणमा लिएको थियो । तर, भट्ट र आचार्य भने केही घण्टाको केरकारपछि भएका थिए । 

भट्ट र आचार्य एनआरएनले युएईको कार्यक्रमसहित अन्य केही नेपाली समूदायले आयोजना गरेको कार्यक्रममा सहभागि हुन दुबई पुगेका थिए । 

 ‘श्रमिकहरुको श्रम सीप र ज्ञानको विकास सामूहिक लगानी समृद्धिको निकास गरौँ’ भन्ने मुल नाराको साथ एनआरएनए युएईले फेब्रुृअरी २८ मा कार्यक्रमको आयोजना गरेको थियो । 
अध्यक्ष भट्ट र उपाध्यक्ष आचार्य कार्यक्रम सकिएपछि  श्रेष्ठसँग देरा दुबई स्थित कार्लन टावरमा पुगेका थिए ।  

जहाँ उनीहरु पर्वत सेवा समाजले शुक्रबार आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रमको तयारीमा रहेका निकट व्यक्तिहरु सँग भेटघाटको लागि पुगेका थिए । 

शुक्रबारको कार्यक्रममा भट्ट र आचार्य सहभागि भएको भएपनि श्रेष्ठ सहभागि भएका थिएनन् । 

पक्राउ प्रकरणमा  एनआरएनका कोही पनि पदाधिकारी औपचारिक रुपमा बोल्न मानेका छैनन् । 

यता नेपाल आदिवासी जनजाती महासंघ युएइका अध्यक्ष पासाङ  रेन्जी शेर्पाले मापसे प्रकरणमा श्रेष्ठ समातिँदा समाचार लुकाउने प्रयास गरिएको भन्दै फेसबुकमार्फत व्यङ्ग्य गरेका छन् । 

अपडेट : मलाई दुबई प्रहरीले सामान्य सोधपुछको लागि मात्रै बोलाएको होः अध्यक्ष श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप