६५ वर्षे वृद्धाले छोरी जन्माइन्, ८० वर्षे पिताले ‘बहुमूल्य उपहार’ भन्दै भगवानलाई धन्यवाद दिए
काश्मिरकी ६५ वर्षे वृद्धाले एक स्वस्थ छोरीलाई जन्म दिएकी छिन् । बालिकाको जन्म पछि ८० वर्षे पिताले ‘बहुमूल्य उपहार’ का लागि ‘अल्लाह’ लाई धन्यवाद दिएका छन् । नाम नखुलाइएकी ती आमाले आफू संसारको सबैभन्दा वृद्ध आमा भएको दाबी गरिरहेकी छिन् ।
यद्यपी, बुवा हाकिम दिनले छोरीलाई हुर्काउनका लागि आर्थिक सहयोग आवश्यक पर्ने बताएका छन् ।
सन् २०१८ को डिसेम्बर २६ तारिख (बक्सिङ डे) को दिन जम्मु–कश्मिरको पुन्छ जिल्लाको एक अस्पतालमा ती वृद्धाले छोरीलाई जन्म दिएको डेली मेलले बताएको छ ।
यो जोडीको १० वर्षको छोरासमेत भएको जानकारीमा उल्लेख छ ।
कश्मिरका स्त्रीरोग विशेषज्ञ डा. साबिर सिद्दीकीले स्थानीय पत्रकारलाई यो घटनालाई ‘दुर्लभको पनि दुर्लभ’ संज्ञा दिएका छन् ।
‘साधारणतया भारतमा महिलाको महिनावारी ४७ वर्षमा सुक्छ । महिनावारी रोकिएपछि बच्चा जन्माउने बारे सोच्नै सकिँदैन । तर यो दुर्लभ घटना हो,’ उनले भने ।
यदि यो कुरा साँचो हो भने उनी प्राकृतिक तरिकाले गर्भाधान गर्ने संसारकै सबैभन्दा वृद्ध आमा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
कतारी राजाको नेपाल भ्रमण : कूटनीतिक हिसाबले उपलब्धिमूलक, सम्झौताले खल्लो
-
बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान
-
भिड नियन्त्रणलाई थप व्यवस्थित गर्दै नेपाल प्रहरी, नौ महिनामा १ लाख १३ हजार ३८३ जनशक्ति परिचालन
-
श्रममन्त्रीले गराए एचआरडी कोरिया, इपीएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल
-
कतारसँग नेपाललाई वार्षिक १३ अर्ब व्यापार घाटा