लघुकथा : प्रकृतिको डेरा
–इन्द्रकुमार श्रेष्ठ सरित
रामु वैदेशिक रोजगारीमा जाने पक्कापक्की भएपछि प्रकृतिको आँखाबाट आँसु रोकिएको थिएन । धेरै पटक रामुलाई उनले सोधिसकेकी छिन्– ‘बाबा, विदेश नै जानुपर्छ १ नेपालमै बसेर केही गर्न सकिन्न ?’
छोराछोरीको उज्ज्वल भविष्यका लागि पनि आफूले केही वर्ष दुःख गर्नैपर्ने बाध्यता रहेको बताउँदै रामु भन्छ– ‘मुनाजस्ता छोराछोरी र तिमीलाई छाडेर मलाई पनि विदेश जाने मन छैन । तर परिवारको सुख र खुशीका लागि मेरो सामु अर्को विकल्प छैन । त्यसैले तिमीले घर र सन्तानको राम्रो हेरविचार गर्नु ।
आफन्त र साथीभाइहरूसँगको भेटघाटमा एक हप्ता मिलिक्कै बित्यो । भोलि राति एघार बजेको फ्लाइट छ उसको । रामुलाई अँगालो हालेर डाको छाडेर रून थालिन् प्रकृति– ‘बाबा, हजुरबिनाको पहाजस्तो तीन वर्ष, मैले कसरी बिताउने होला ?’
श्रीमतीको मायामा रामु पनि रातभरि पग्लिरह्यो । आफूलाई यस्तो माया गर्ने श्रीमती पाएकोमा उसले आफूलाई भाग्यमानी ठानिरह्यो ।
भोलिपल्ट रामुलाई बिदाइ गरेर एअरपोर्ट बाहिर निस्केपछि अरूबाट अलि छेऊ लागेर प्रकृतिले फोन गरिन्न, ‘हेलो लच्छु, कहाँ छौ भेट्ने हैन ? काँ बाइर भेटिरहने र यार ? अब त तीन वर्ष घरमै भेट्ने हो । मस्ती नभाको जिन्दगी के जिन्दगी ? दुई चार दिनलाई हैन अब तीन वर्षका लागि डेरा यतै सारन । हुन्न र ?’
फोन समाप्तिपछि पनि प्रकृतिको मधुरो तर अर्थपूर्ण हाँसो गुन्जिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू