शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कविताः अतृप्त यायावर

शनिबार, १८ फागुन २०७५, १३ : ४१
शनिबार, १८ फागुन २०७५

ई. सन्तोष पोखरेल

मेरो चिदाकाश
कसरी नाप्न सक्लिउ र ?
यो त तिम्रा भावनाभन्दा कता हो कता
पर ऊ पर पर उडेको
अनि तिम्रो भावना चाहिँ
जमिन न छाडी गुडेको
म त लडेको प्रस्तरको चिसोमा
तिमी टाँसिएको लिसोमा
देख्छु लुकेको छ एउटा आश ।

म त निर्धक्क निर्लिप्त
तिम्रा आशहरूबाट पनि परित्यक्त
यस सृष्टिको आलिङ्गनमा
घरी मेरा र घरी तिम्रा मनमा
भैरहने एक अचम्मको आभाश
चिसो चिसो उच्छ्वास ।

जीवनका मोडहरूमा
सम्बन्धका रहरलाग्दा
घरिघरि कहरलाग्दा
दुईबीचका अठोटहरूमा
जेनतेन टिकिरहेको
यो कला अझ पनि सिकिरहेको
अतृप्त मेरो तृष
म पक्का सिकारु सदृश
जीवनपर्यन्त मेट्दै रहर
म अतृप्त यायावर !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप