शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारविरुद्ध नागरिक निगरानी समूह

शनिबार, १८ फागुन २०७५, १२ : ४७
शनिबार, १८ फागुन २०७५

सुर्खेत– वीरेन्द्रनगरमा भ्रष्टाचारविरुद्धको ‘नागरिक निगरानी समूह’ गठन गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत शाखाले सरोकारवालासँगको छलफलमा खिम रेग्मीको संयोजकत्वमा १८ सदस्यीय सो समूह गठन गरेको हो । 

जनसहभागिताको अभ्यासबाट समाजमा हुने भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले लब्धप्रतिष्ठित व्यक्तिलाई समेटेर उक्त समूह गठन गरिएको शाखा प्रमुख ज्ञानराज सुवेदीले जानकारी दिए । 


कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियाले भने, “घुस माग्ने र दिने दुबैको खबरदारी गर्दै राष्ट्रसेवक कर्मचारी हरेकले आ–आफ्नो जिम्मेवारी पूरा गरौं।” उक्त शाखाका सूचना अधिकारी मेघनाथ सापकोटाले यस समूहलाई आयोगले वार्षिक रु एक÷एक लाख बजेट सहयोग उपलब्ध गराउने जानकारी  दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप