शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

घाइते छोरा भेट्न काठमाडौं आएकी आमाले एकाएक छोराको शव देख्दा...

शुक्रबार, १७ फागुन २०७५, ०९ : ५६
शुक्रबार, १७ फागुन २०७५

काठमाडौं– दिवंगत पर्यटनमन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरेको पनि ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा मृत्यु भयो । उनका बाबुको ६ महिनाअघि मात्रै मृत्यु भएको थियो । 

बाबुको मृत्युपछि छोराको सहारामा बाँचिरहेकी आमा रामेछापको उमाकुण्ड गाउँपालिका गुम्देलकी मिठुमाथि अहिले अर्को बज्रपात आइलागेको छ । झन्डै ६५ बर्षकी मिठु घिमिरेले मृत्युबारे  बिहीबारसम्म पनि बेखबर थिइन् । 
उनलाई छोरा दुर्घटनामा घाइते भएको भनेर भेट्नका लागि आफन्तले काठमाडौं ल्याएका थिए । 

सायद उनी  बस दुर्घटनामा घाइते भएको आफ्नो जेठो छोरा अर्जुनसँग के–के कुरा गर्छु भनेर मनमनै गम्दै काठमाडौ आएकी थिइन् होला । तर नियतीको खेल उनी छोरा भेट्न होइन श्रद्धाञ्जली दिनका लागि आएकी थिइन् । 

मन्त्री अधिकारीका अंगरक्षक घिमिरेका आफन्तको रुवावासीः बुढी आमालाई छोरो बस दुर्घटनामा घाइते छ भनेर काठमाडौं ल्याइँदै (भिडियो) 

छोरा हेलिकोप्टर दुर्घटनामा परेर निधन भएको खबर अगाडि नै सुनाएर अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौं ल्याउन नसकिने भएपछि अर्जुनकी आमालाई दुर्घटनाबारे केही नबताइएको उनका आफन्तहरुले बताए ।  अर्जुनका बुवा उनका श्रीमान १० बर्ष निरन्तर विरामी भएर ६ महिनाअघि बितेका थिए । 

 मृत्यु भएको छोराको अनुहारसम्म हेर्न पाइनन् उनले । हेलिकोप्टर दुर्घटनामा मृतक घिमिरेको शव चिन्न नसक्नेगरी जलेको छ । उनी टुँडिखेलमा श्रद्धाञ्जलीका लागि पुग्दा भावविह्वल थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप