इन्स्टाग्रामभन्दा डेढ गुणा बढी डाउनलोड भयो टिकटक, एक वर्षमा ६६ करोड पार

सोसल भिडियो सेयरिङ एप टिकटक एक अर्ब बढीपटक डाउनलोड भइसकेको छ । सन् २०१८ मा यसलाई ६६ करोड बढी पटक डाउनलोड गरियो जबकी इन्स्टाग्राम ४४ करोड ४० लाख पटक डाउनलोड भएको छ ।
यो जानकारी ऐप एनालिटिक्स कम्पनी सेन्सर टावरको एक रिपोर्टले सार्वजनिक गरेको हो । रिपोर्ट अनुसार टिकटक चर्चित हुँदा फेसबुक र स्न्यापच्याटजस्ता ठूला कम्पनी प्रभावित हुनेछन् ।
नन गेम क्याटगोरीमा चौथो स्थानमाः
सेन्सर टावरका संस्थापक ओलिवर येहका अनुसार सन् २०१८ मा टिकटक ६६ करोड ३० लाख पटक डाउनलोड गरियो । यसरी यो सबैभन्दा धेरै डाउनलोड हुने मोबाइल एपको नन–गेम क्याटगोरीको चौथो स्थानमा छ । यसमा ऐपको लाइट र रिजनल भर्सन पनि समावेश थिए । चीनमा एन्ड्रोइड प्लेटफर्ममा भएको डाउनलोडलाई यसमा समावेश गरिएको छैन ।
७१ करोड पटक डाउनलोड भयो फेसबुकः
समान समयावधिमा सोसल मिडिया कम्पनी फेसबुक एपलाई ७१ करोड १० लाख पटक डाउनलोड गरियो । रिपोर्ट अनुसार जनवरी सन् २०१९ मा नै आइओएस र एन्ड्रोइड एपे स्टोरमा टिकटकका विभिन्न भर्सनलाई ७ करोड १० लाख नयाँ प्रयोगकर्ताले यो डाउनलोड गरे । यो आँकडा जनवरी २०१८ को तुलनामा २.६ गुना धेरै हो ।
सन् २०१७ डिसेम्बरमा बाइट डान्सले म्यूजिक भिडियो ऐप म्युजिकल्लीलाई १ बिलियन डलरमा खरिद गरेको थियो । दुई ऐप्सको मर्जरपछि सन् २०१८ को क्रममा टिकटक अत्यधिक चर्चित बन्यो । टिकटकलाई पछ्याउँदै फेसबुकले Lasso नामबाट आफ्नो फनी सोसल भिडियो एप लञ्च गर्यो । तर यो सफल हुन सकेन । यतिमात्रै होइन, डिसेम्बर सन् २०१८ मा स्न्यापच्याटले लेन्स च्यालेन्ज नामको एउटा फिचर लञ्च गरेको थियो । यो फिचरले प्रयोगकर्तालाई टिकटकजस्तो लिप सिंकिंग भिडियो सेयर गर्ने सुविधा दिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आध्यात्मिक ज्ञानमार्फत समाज रूपान्तरण सम्भव छ : मुख्यमन्त्री आचार्य
-
प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट
-
सगरमाथा संवादको तयारी अन्तिम चरणमा : ६ वटा विषयमा केन्द्रित हुने
-
प्रचण्डको ध्यान पूर्वतिर
-
सङ्घीयताकै माध्यमबाट सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना गरिएको हो : बर्तौला
-
टरिगाउँ विमानस्थलको विकास नीति कार्यक्रममा मात्रै सीमित नहोस् : सांसद गिरी