प्रधानमन्त्रीसँगै मन्त्रीहरु पुगे मन्त्रीक्वार्टर (फोटो/भिडियो)
ब्लक नम्बर बी थ्री ।
ललितपुरको पुल्चोकस्थित संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री रवीन्द्र अधिकारीको क्वाटर ।
अघिपछि जस्तोसुकै परिस्थितिमा पनि सधैँ मुस्कुराइने मन्त्री अधिकारी बुधबार राती त्यहाँ थिएनन् । त्यहाँ थिए उनका शोकाकुल परिवारजन, आफन्त, नेता तथा कार्यकर्ताहरु । उनको क्वाटरको गेटको नेमप्लेटमा उनी बाहिर रहेको जनाउ थियो । नेमप्लेटमा जनाइएजस्तै अकल्पनीय रुपमा उनी अब हामी सबैको सामुन्नेबाट बिदा भएका छन् । मन्त्री अधिकारीलाई अब हामीले कहिलेपनि भेट्न सक्ने छैनौं ।
हेलिकोप्टर दुर्घटनामा परेका उनको शब ताप्लेजुङ्गमा फेला परेको थियो । राती सवा ८ बजे प्रधानमन्त्री केपी शर्मा ओली सहित मन्त्रीपरिषद्का सम्पूर्ण सदस्यहरु शोकाकूल परिवारजनलाई समवेदना दिनका लागि मन्त्रीको क्वाटरमा पुगे सबैको अनुहारमा एउटा होनाहार यूवा नेता, मन्त्री, सहकर्मी तथा साथी गुमाउनुको पीडा थियो ।
उनको निधनपछि पोखराबाट उनका आमाबालाई काठमाडौं ल्याइएको थियो भने पत्नि र छोराहरु मन्त्रीक्वाटरमै थिए ।
बालुवाटारमा आकस्मिक रुपमा बसेको मन्त्रिपरिषदको बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्रीहरु पुल्चोक स्थित अधिकारीको क्वाटरमा पुगेका थिए । उनीहरुले अधिकारीका परिवारलाई भेटर सान्त्वना दिएका छन् । यस्तै पार्टीका शीर्ष नेताहरु पनि पुल्चोक पुगेका छन् । मन्त्री अधिकारीको शब भोलि काठमाडौ ल्याएर राजकीय सम्मानका साथ बिदाई अन्तिम संस्कार गरिने बताइएकाे छ ।










भिडियो हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रे बस दुर्घटना अपडेट : मृतकसहित घाइतेहरूकाे पहिचान खुल्याे
-
धनकुटामा बस दुर्घटना, १२ जना घाइते
-
नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान
-
निजी मेडिकल कलेजमा इन्टर्न चिकित्सकको चरम शोषण : मासिक १० हजारमै ८ घण्टा ड्युटी
-
फेसबुक र म्यासेन्जरमा समस्या, नेपालसहित विश्वभरका प्रयोगकर्ता प्रभावित
-
पङ्खुखोलामा आएको बाढीले दिक्तेल-चखेवाभञ्ज्याङ सडक अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण