प्रधानमन्त्रीसँगै मन्त्रीहरु पुगे मन्त्रीक्वार्टर (फोटो/भिडियो)

ब्लक नम्बर बी थ्री ।
ललितपुरको पुल्चोकस्थित संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री रवीन्द्र अधिकारीको क्वाटर ।
अघिपछि जस्तोसुकै परिस्थितिमा पनि सधैँ मुस्कुराइने मन्त्री अधिकारी बुधबार राती त्यहाँ थिएनन् । त्यहाँ थिए उनका शोकाकुल परिवारजन, आफन्त, नेता तथा कार्यकर्ताहरु । उनको क्वाटरको गेटको नेमप्लेटमा उनी बाहिर रहेको जनाउ थियो । नेमप्लेटमा जनाइएजस्तै अकल्पनीय रुपमा उनी अब हामी सबैको सामुन्नेबाट बिदा भएका छन् । मन्त्री अधिकारीलाई अब हामीले कहिलेपनि भेट्न सक्ने छैनौं ।
हेलिकोप्टर दुर्घटनामा परेका उनको शब ताप्लेजुङ्गमा फेला परेको थियो । राती सवा ८ बजे प्रधानमन्त्री केपी शर्मा ओली सहित मन्त्रीपरिषद्का सम्पूर्ण सदस्यहरु शोकाकूल परिवारजनलाई समवेदना दिनका लागि मन्त्रीको क्वाटरमा पुगे सबैको अनुहारमा एउटा होनाहार यूवा नेता, मन्त्री, सहकर्मी तथा साथी गुमाउनुको पीडा थियो ।
उनको निधनपछि पोखराबाट उनका आमाबालाई काठमाडौं ल्याइएको थियो भने पत्नि र छोराहरु मन्त्रीक्वाटरमै थिए ।
बालुवाटारमा आकस्मिक रुपमा बसेको मन्त्रिपरिषदको बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्रीहरु पुल्चोक स्थित अधिकारीको क्वाटरमा पुगेका थिए । उनीहरुले अधिकारीका परिवारलाई भेटर सान्त्वना दिएका छन् । यस्तै पार्टीका शीर्ष नेताहरु पनि पुल्चोक पुगेका छन् । मन्त्री अधिकारीको शब भोलि काठमाडौ ल्याएर राजकीय सम्मानका साथ बिदाई अन्तिम संस्कार गरिने बताइएकाे छ ।
भिडियो हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
-
‘नेता र मन्त्रीका पकेटका आयोजना बजेटमा छैनन्’
-
‘महिलाको लिङ्ग चेक गर्ने’ पूर्वमन्त्री सुब्बाविरूद्ध मुद्दा
-
भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर भएन : सन्ताेष परियार
-
ऐतिहासिक बन्यो सिकागोको पहिलो नेपथ्य साँझ
-
ऋण सहजीकरणका लागि घुस लिएको आरोपमा नेपाल बैंकका पूर्वअध्यक्षविरूद्ध तीनवटा भ्रष्टाचार मुद्दा