मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

हेलिकप्टर दुर्घटना : चिन्न नसकिने अवस्थामा ५ शब फेला, प्रहरीद्वारा पुष्टि

बुधबार, १५ फागुन २०७५, १५ : ०७
बुधबार, १५ फागुन २०७५

काठमाडौं– एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनास्थलमा चिन्नै नसकिने अवस्थामा ५ शव फेला परेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले पुष्टि गरे । 

घटनास्थल पुगेको स्थानीय प्रहरीले ५ शव फेला पारेको प्रवक्ता सुवेदीको भनाई छ । 

ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित फुरुंगो सिस्नेखोलास्थित दारेढुंगाको जंगलमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । 

हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका दिए । यस्तै विमानमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित यती एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पा र युवराज दाहाल, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र विरेन्द्र बूढाथोकी सवार रहेका थिए । 

यसैबीच रातोपाटीको सम्पर्कमा आएका एक स्थानीयले घटनास्थलमा ६ जनाको शव फेला पारिएको जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप