बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अनु र गौरवको ‘पसिना’ २७ वैशाखमा

बुधबार, १५ फागुन २०७५, ११ : ३८
बुधबार, १५ फागुन २०७५

काठमाडौं – अभिनेत्री अनु शाह र अभिनेता गौरव पहाडीको रिल रोमान्स रहेको फिल्म ‘पसिना’ प्रदर्शनका लागि तयार भएको छ । फिल्म नयाँ बर्षको वैशाख २७ गतेबाट देशभर प्रदर्शनमा आउने निर्देशक आर.बी. खत्री ‘शरद’ले जानकारी दिए ।

फिल्मको लेखन पनि निर्देशक शरदले गरेका हुन् । मजदुरको कथा उठाएको फिल्मले पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश दिने निर्देशक शरदले बताए । 

नन स्टप क्रियशनको ब्यानरमा निर्माण भएको फिल्म शान्ता ढकालले निर्माण गरेकी हुन् । उनलाई निर्माणमा संजय महतोले सघाएका छन् । 

फिल्ममा गौरव पहारी, अनु शाहको साथमा सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धु्रव कोइराला, शारदा गिरी, सुर्जन केसी लगायतका कलाकारको मुख्य भूमिका छ ।

राम केसीको छायांकन रहेको फिल्ममा राजनराज सिवाकोटी, दिपक शर्मा र फिरज राइको संगीत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप