बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

माझी फिल्म ‘मोङो डोङा–२’ को पहिलो गीत ‘घाटपूजा मेला’

बुधबार, १५ फागुन २०७५, ०९ : ३६
बुधबार, १५ फागुन २०७५

काठमाडौं । माझी फिल्म ‘मोङो डोङा–२’ पहिलो गीत रिलिज गरिएको छ । फिल्मको निर्माण पक्षले ‘घाटपूजा मेला’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युवमार्फत रिलिज गरेका हुन् । सरला माझीको शब्द तथा लक्षु प्रकाश मल्लको एरेञ्जमा गीतलाई यमन माझी र पूजा तामाङले स्वरबद्ध गरेका हुन् ।

गीतमा यमन माझीले संगीत भरेका छन् । रुदेन माझीको छायाङ्कन रहेको भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन् । गीतको भिडियोमा माझी समुदायको कला–संस्कृतीलाई प्रस्तुत गरिएको छ । गीतको भिडियोमा यमन माझी, सुन्जित माझी, अनिशा माझी लगाएतका कलाकारहरु फिचर्ड छन् ।

अभिनेता यमन माझीका अनुसार यो फिल्म माझी भाषामा निर्माण गरिएको छ । फिल्मले माझी समुदायको कला, संस्कती, भाषा, रहन–सहान लगाएतका विषयलाई पर्दामा प्रस्तुत गर्नेछ । कलाकार माझीका अनुसार ‘मोङो डोङा–२’को रिलिज मिति भने तोकिएको छैन ।

फिल्ममा यमन माझी, सुन्जित माझी, बाबुराम माझी, अनिशा माझी, सीता माझी, रुपा कुमारी माझी लगाएत कलाकारहरुको मुख्य भुमिका रहेको छ । 

फिल्मलाई सुजन माझी, सुरेश माझी र रीता माझीले निर्माण गरेका हुन् । फिल्मको निर्देशन भने सुन्जित माझीले सम्हालेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप