मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

को हुन् कम्युनिस्ट ?

मङ्गलबार, १७ साउन २०७४, ११ : ०६
मङ्गलबार, १७ साउन २०७४

राहुल सांकृत्यायनले मानिसको इतिहासमा दर्शन जागेको बेला विज्ञान सुतेको हुन्छ र विज्ञान जागेको बेला दर्शन सुतेको हुन्छ भनेका छन् । त्यस्तै कम्युनिस्ट को हुन् भन्ने गम्भीर विषय हो । अहिले पनि स्पष्ट कुरा के हो भने समाजमा विभिन्न चरणहरू आउँछन् । जस्तै अहिले किताब पढ्ने, दर्शन, विचार, सिद्धान्तको कुरा गर्नु भनेको वाहियात काम ठानिने समय हो । तर, हामीले लगातार एक–ढेड वर्षदेखि वैचारिक कुराहरूको लागि प्रयत्न गरिराखेका छौँ । 

मलाई के कुरामा खुसी लागेको छ भने युवाहरूमा अहिले पनि पढ्ने, छलफल गर्ने प्रक्रिया अझै जारी छ । हामीले यो देशमा कम्तीमा केही सय युवाहरूले साच्चै माक्र्सवादप्रति झुकाव राखून भन्ने सोचका साथ काम गरिरहेका छौँ । यसमा एमालेबाट घनश्याम भुसाल, नेकपा संयुक्तका सुनिल मानन्धर, मलगायत साथीहरू लागेका छौँ । 

जुन बेला हामी युवा थियौँ, त्यो बेला यो ल क्याम्पस ज्वालामुखी जस्तै थियो । म यहाँ कहिलै पढिनँ तर ०३५–३६ सालतिरको कुरा हो, भाषण गर्न भने धेरै पटक आएँ । अहिले तपाईंहरूलाई पढाउनेहरू सायद त्यतिबेला सबै विद्यार्थी थिए होलान् । 

एउटा कुरा के स्पष्ट देखिन्छ भने जहाँ कम्युनिस्ट पार्टीको प्रभाव बढी छ त्यहाँ सिद्धान्त र विचारधाराको क्षेत्रमा अत्यन्त कम काम भएको छ । तर, जहाँ कम्युनिस्ट पार्टीहरू प्रभावकारी छैनन् त्यहाँ माक्र्सवादको वैचारिक सैद्धान्तिक क्षेत्रमा निकै काम भएको छ । यो सबैभन्दा दुःखको कुरा हो । 

जहाँ कम्युनिस्ट पार्टीहरू हावी छैनन् त्यहाँ विचार सिद्धान्तको क्षेत्रमा काम त हुन्छ तर त्यसको प्रयोग हुँदैन । अहिले संसारभरिका वैचारिक पत्रपत्रिका फर्काएर हेर्ने हो भने विश्वविद्यालयका प्रोफेसरहरूले सबैभन्दा धेरै लेखेको पाउँछौँ । जस्तै अमेरिका, क्यानाडा, अस्टे«लियामा विचारको विकास त भएको छ तर उनीहरूको प्रयोग गर्ने ठाउँ छैन । 

चीन, भियतनाम, लाओस, कम्पोचिया र नेपालमा जहाँ कम्युनिस्ट पार्टीको राज्य छ र बामहरू प्रभावशाली छन्, त्यहाँ सैद्धान्तिक वैचारिक काम भएको छैन् । अरू विचारधारा र माक्र्सवादी दर्शनबीच अन्तर भनेकै यही हो । अरूमा थप्न पाइँदैन । यो मेटाफोर मैले धेरै पटक प्रयोग गरेको छु । 

जस्तै क्रिश्चियन फिलोसोफीमा तपाईं केही नयाँ टेस्टाइमेन्ट थप्न पाउनु हुन्न । तपाईं संस्कृतको जतिसुकै विद्वान भए पनि वेदमा दुई शब्द थप्न पाइदैन । हामी कहाँ मुन्दुम छ, त्यो मुन्दुममा दुई शब्द थप्न पाइँदैन । थप्यो कि अपवित्र भैहाल्छ । कुरान त्यस्तै हो । तर माक्र्सवाद नै त्यस्तो विचार हो जहाँ दुई शब्द तपाईंले थप्नु भएन भने त्यो मर्छ । 

अहिले जसरी राजनीतिलाई डिस्क्रेडिट गर्ने, जस्तै पहिले केही बदनाम राजनीतिज्ञलाई गाली गर्ने अनि विस्तारै राजनीतिलाई नै गाली गर्ने । अब राजनीतिको काम छैन भन्ने अभियान नजानिदो ढङ्गले चलिरहेको छ । कस्तो भने यो राजनीतिले नै अप्ठेरो पार्यो । यो राजनीति नभइदिएको भए त देश कहाँ पुग्थ्यो कहाँ भन्ने खालको कुरा आइरहेको छ । 

मैले अघि भने नी कम्युनिस्ट पार्टी हावी भएको ठाउँमा कम्युनस्टि विचारको विकासै नहुने अर्थात् कम्युनिस्ट पार्टी नै त्यसको बार भैदिने जस्तो छ । अहिले कम्युनिस्ट पार्टीमा पार्टी बोल्दैनन् पार्टीको व्यक्ति मात्र बोल्छन् । नेपालमा संस्थागत रूपमा पार्टी बोल्न छोडेको धेरै भैसक्यो । माओवादी, एमाले, मसाल पार्टी बोलेको सुन्न पाइँदैन । त्यसका व्यक्तिहरू मात्र बोल्छन् । 

उनीहरूले बोल्ने कुरा लामो समय महत्व राख्ने कुरा पनि छैनन् । मानव जीवनलाई दीर्घकालीन रूपमा प्रभाव पार्ने खालका कुनै पनि कुरा छैनन् । यस्तो स्थितिमा सिद्धान्त र विचारको विकास होला त ? तर यो सधैँ रहँदैन । यो चरण पनि गुज्रन्छ । फेरि त्यस्तो चरण आउँछ जहाँ लेख्ने पढ्ने मान्छेको समाजमा महत्व र सम्मान हुनेछ । 

अहिले नेपाल जुन अवस्थाबाट गुज्रिरहेको छ, यो अवस्था छिट्टै फेरिन्छ तर फेरिएको ठाउँमा पुग्दा हामीसँग मान्छे त तयार हुनु पर्यो नि । त्यसैले तपार्इं युवाहरू यो विषयमा गम्भीर बन्नुपर्छ । राजनीतिक विचारधाराले नडोर्याएको राजनीतिले कहीँ पनि लग्दैन । 

अहिले जसरी राजनीतिलाई डिस्क्रेडिट गर्ने, जस्तै पहिले केही बदनाम राजनीतिज्ञलाई गाली गर्ने अनि विस्तारै राजनीतिलाई नै गाली गर्ने । अब राजनीतिको काम छैन भन्ने अभियान नजानिदो ढङ्गले चलिरहेको छ । कस्तो भने यो राजनीतिले नै अप्ठेरो पार्यो । यो राजनीति नभइदिएको भए त देश कहाँ पुग्थ्यो कहाँ भन्ने खालको कुरा आइरहेको छ । 

तपाईंहरू ढुक्क भए हुन्छ राजनीति भनेको काट्ने धार हो । यहाँ जुनसुकै व्यक्तिले अब राजनीतिको काम छैन भनेर भनुन त्यो आफैमा एउटा राजनीति हो । राजनीतिको काम छैन भनेर आउनु विशिष्ट प्रकारको राजनीति हो । साँच्चै त्यसले देशलाई समाजलाई अगाडि बढाउने मान्छेलाई अगाडि बढाउने कुरालाई त्यसले भुत्ते पार्न खोजी रहेको छ । 

तपाईं किन कम्युनिस्ट हुनु भएको ? भन्दा मैले बडो गरिबी देखेँ माया लागेर उनीहरूलाई त्यहाँबाट झिक्न कम्युनिस्ट भएँ भन्ने मान्छे धेरै दिन कम्युनिस्ट रहँदैन । त्यसको माया कुन दिन अर्कोतर्फ सर्छ । पछि माक्र्सले के थपे भने यो समाजमा वर्ग सङ्घर्ष भन्ने कुरा हुँदो रहेछ र त्यसले समाजमा गति पैदा गर्ने रहेछ । 

सन् १८३० मा पेरिसमा ‘सेक्रेट सोसाइटी’ भन्ने एउटा समूह बनेको थियो । कम्युनिस्ट भन्ने शब्द उनीहरूले सबैभन्दा बढी प्रयोग गरेको शब्द हो । तर पछि कार्ल माक्र्सले एउटा कुरा पत्ता लगाउनुभयो । (पत्ता लगाउने भनेको पनि समाजमै भएको कुरा न हो । तर कसैले नभनेको ।) त्यो भनेको समाजमा सर्वहारा वर्ग हुन्छ भन्ने । 

उनले आफ्नो बुबालाई लेखेको पत्रमा के भन्छन् भने ‘इट इज आइडिया इट सेल्फ’ यो पत्ता लगाउनु आफैमा एउटा विचार हो । र माक्र्स कुनै भावुक, दयालु गरिब देखेर त्यसको उद्धार गरौँ भनेर लागेका मान्छे होइन । उनी निकै ‘र्यास्नल’ मान्छे हुन् । 

यहाँ पनि ती गरिबहरूलाई दया, माया गर्ने कुरा होइन । विचरा त्यो मजदुरको हालत खराब छ, त्यसैले त्यसलाई माया गरौँ भनेर माक्र्सवाद बनेको होइन । त्यो किन बनेको हो भने आधुनिक समाजमा सर्वहाराभन्दा बलसाली, इमानदार र सशक्त शक्ति अर्को छैन र त्यसले आफ्नो मुक्तिको बाटो आफैले खोज्नुपर्छ भनेर बनेको हो । 

यो कुरा मैले युरोपियन समाजको सन्दर्भमा भन्दैछु । युरोपमा जतिबेला माक्र्सवादको जन्म भयो त्यति बेला योभन्दा बलियो भरपर्दो वर्ग अर्को थिएन । त्यसैले त्यो वर्गलाई नेता मानिएको हो । 

तपाईं किन कम्युनिस्ट हुनु भएको ? भन्दा मैले बडो गरिबी देखेँ माया लागेर उनीहरूलाई त्यहाँबाट झिक्न कम्युनिस्ट भएँ भन्ने मान्छे धेरै दिन कम्युनिस्ट रहँदैन । त्यसको माया कुन दिन अर्कोतर्फ सर्छ । पछि माक्र्सले के थपे भने यो समाजमा वर्ग सङ्घर्ष भन्ने कुरा हुँदो रहेछ र त्यसले समाजमा गति पैदा गर्ने रहेछ । 

समाजमा हाँक्ने ताकत भनेको समाजमा रहने वर्गहरूको बीचको सङ्घर्ष हो । पहिले जुन सर्वहारा वर्ग भन्ने पत्ता लगाए त्यसपछि त्यसमा थप्ने कुरा वर्ग सङ्घर्ष थियो । त्यसैले वर्गहरूबीचको सङ्घर्ष समस्या होइन । अब यसलाई समस्याका रूपमा लिएपछि समस्या पैदा हुन्छ । 

नेपालमा पनि जुन विभिन्न वर्गहरू बीचको सङ्घर्ष छ त्यो कुनै समस्या होइन । मेरो आफ्नो गम्भीर आरोप के छ भने यहाँका कम्युनिस्टहरूले त्यसलाई समस्याका रूपमा बुझे । यससँगै हामीले वर्ग सङ्घर्ष के हो बुझनुपर्नेहुन्छ । वर्गको बीचको मतभेद के हो त ? भन्दा यो कुनै समस्या होइन । माक्र्सवादले के भन्छ भने यो समास्या समाधान हुँदैन । यसको व्यवस्थापन हुँदैन । यसका रूपान्तरण मात्र हुन सक्छ । त्यसैले यहाँ वर्गहरूलाई रूपान्तरण नगरिकन व्यवस्थापन गर्ने कुरा बाघ र बाख्रालाई एकै ठाउँमा राखेर पानी खुवाउने कुरा जस्तो हो । 

कम्युनिस्ट भनेको अर्को अर्थमा सङ्घर्षको नाम हो । त्यो सङ्घर्षले एउटा अवस्थाको सृजना गर्छ । जसलाई हामीले साम्यवाद, कम्युनिजम भन्न सक्छौँ । त्यसलाई लागू गराउने मानिसहरू र पार्टीहरू कम्युनिस्ट हुन् ।

राप्रपा र एमालेको समहमति, माओवादी र काँग्रेसको सहमति । यो जस्तो देखिँदैछ माक्र्सवादी दृष्टिकोणबाट हेर्दा आज किन नेपाल अगाडि बढ्न सकेन ? किन नेपाल फस्यो ? भन्दा नेपाललाई डोर्याउने खालको राजनीति भएन । अहिलेको राजनीति यसै दिन काट्ने मेलो मात्र भएको छ । 

नेपालको कुनै पनि राजनीतिक पार्टीसँग नेपाललाई अगाडि लैजाने कार्यक्रम छैन । अब तपाईं त्यो ठाउँमा नपुगेसम्म नयाँ गर्न सक्नु हुन्न । तपाईं आफ्नो सुविधाको निम्ति कुनै पार्टीमा हुनुहुन्छ । तपाईं यदि नेपाललाई फेर्ने लक्ष्य लिनुहुन्छ भने नेपाली समाजलाई रूपान्तरण गर्न चाहनुहुन्छ भने तपार्इंले पहिला यसलाई बुझनुपर्नै हुन्छ । 

एमाले, माओवादी, मसालमा बेस्सरी खटेर लागेर हुँदैन । किनभने पहिले नै भनियो माक्र्सवादमा केही थप्न सकिएन भने माक्र्सवाद मर्छ । संशोधन गरिराख्नु पर्छ । संशोधनको प्रयास चाहिँ लेनिन, ट्रटस्की, बुखारिन, कार्ल काउत्सकी, माओत्सेतुङले गरे । 

कम्युनिस्ट भनेको अर्को अर्थमा सङ्घर्षको नाम हो । त्यो सङ्घर्षले एउटा अवस्थाको सृजना गर्छ । जसलाई हामीले साम्यवाद, कम्युनिजम भन्न सक्छौँ । त्यसलाई लागू गराउने मानिसहरू र पार्टीहरू कम्युनिस्ट हुन् ।


लेफ्टिस्ट युथ डिस्कोर्सले ल क्याम्पसमा आयोजना गरेको कार्यक्रममा दिएको मन्तव्य ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राम कार्की
राम कार्की

राम कार्की पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता हुन् ।

लेखकबाट थप