वर्तमान शिक्षा नीतिले दक्ष जनशक्ति उत्पादन गर्न सकेन : मन्त्री बिष्ट
बुटवल । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले वर्तमान शिक्षा नीतिले दक्ष जनशक्ति उत्पादन गर्न नसकेकोले शिक्षा नीति बदल्नुपर्नेमा जोड दिएका छन ।
महेन्द्र आदर्श माविको हिरक महोत्सव उद्घाटन गर्दै मन्त्री बिष्टले भने, ‘सरकारले रोजगारी खोल्यो । देशका सात सय ५३ तहका लागि माग भएको रोजागार संयोजकका लागि आव्हान गरियो , त्यति मान्छे पाउन गाह्रो छ ।’ उनले अहिलेसम्मको शिक्षा नीति बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताउँदै शिक्षा नीति पनि बदल्नुपर्ने बताए ।
उनले महायज्ञमा सबै भन्दा ठूलो धनराशी सहयोग गर्ने भुवन केसीको प्रशंसा समेत गरेका थिए । दानविर विद्यालय व्यावस्थापन समितिका अध्यक्ष समेत रहेका मुसिकोट नगरपालिका वडा नं ७ निवासी भुवन केसिले ५५ लाख ५ सय ५५ सहयोग गर्ने घोषणा गरेका थिए ।
कार्यक्रममा प्रदेश सांसद तथा बिशेष अधिकार समितिका सभापति कमलराज श्रेष्ठ, प्रदेश सांसद खड्ग केसी, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्याल, मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, विभिन्न गाउँपालिका प्रमुख उपप्रमुख लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री
-
एसईई परीक्षामा चिट चोराउने शिक्षक र नक्कली गार्ड पक्राउ
-
दोस्रो सातामा ‘महाजात्रा’
-
संसद् अवरोध हटाउन दलहरूबिच छलफल हुन्छ : सभामुख घिमिरे
-
लिभरपुलाई महत्त्वपूर्ण उपलब्धि दिलाउने फुटबलर लोयडको निधन
-
नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रूपमा आवाज उठायौँ: सभामुख घिमिरे