मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सेन्जेनको सानो व्यवसाय ‘हुवावे’ कसरी विश्वकै ठूलो टेलिकम उपकरण आपूर्तिकर्ता बन्यो ?

सोमबार, १३ फागुन २०७५, १० : ५१
सोमबार, १३ फागुन २०७५

–झने सु र ली टाओ, साउथ चाइना मर्निङ पोस्ट ।

सन् २००४ सम्म युरोपका मोबाइल नेटवर्क सञ्चालकहरूले ‘हुवावे टेक्नोलोजिज’लाई सम्भावित आपूर्तिकर्ता ठान्नु त परको कुरा कत्तिले कम्पनीको नामसमेत सुनेका थिएनन् ।

तर हुवावेका तर्फबाट रिचर्ड यु चेङ्दोङले डच कम्पनी टेलफोर्टसँग गरेको एक सम्झौतासँगै यो अवस्था बदलियो । उनले उक्त डच मोबाइल सञ्चालकलाई हुवावे आफ्ना उपभोक्ताहरूको लागि कतिसम्म प्रतिबद्ध हुनसक्छ भन्ने विश्वास दिलाएपछि उक्त सम्झौता भएको थियो ।

हाल हुवावेको उपभोक्ता विभागका प्रमुख रिचर्ड त्यतिबेला कम्पनीको वायरलेस सञ्जालका उपाध्यक्ष थिए ।

टेलफोर्ट नेदरल्यान्डका चार मोबाइल सञ्चार प्रदायकमध्ये सबैभन्दा सानो थियो । थ्री–जी नेटवर्क सञ्चालनमा ल्याउनका लागि तत्कालीन बजारमा विधमान मूल्यबाट तर्सिएर कम्पनीले हुवावेसँग कुराकानी सुरु गरेको थियो ।

तत्कालीन हुवावे मुठ्ठीभर कर्मचारी भएको एक त्यति व्यवस्थित नरहेको एक ‘स्टार्ट–अप’ थियो ।

टेलफोर्टलाई अर्को एक समस्याले पनि घेरिरहेको थियो । उसको बेस स्टेसनमा अत्यावश्यक उपकरण राख्नका लागि पनि ठाउँ पनि थिएन ।

युरोपेली बजारमा प्रवेश गर्नका लागि व्यग्र हुवावे तत्कालै उक्त चुनौतीमा आफ्नो अवसर देख्यो । यस काममा कम्पनीले रिचर्डलाई खटायो । उनले आफ्ना सबै एपोइन्टमेन्ट रद्द गरे र युरोपमा रहेको हुवावेको सानो टिम र चीनमा रहेका इन्जिनियरहरूलाई समाधानका लागि परिचालन गरे ।

एक हप्ताभित्रै उनीहरूले एक समाधान निकाले । टेलफोर्टको समस्या समाधानको उनीहरूले यस्तो बेस स्टेसन निर्माण गर्ने जुक्ति निकाले जसलाई दुई भागमा आपूर्ति गर्न सकिन्थ्यो । यसलाई जोडजाड गर्न ठाउँ पनि कम लाग्थ्यो । साथै यो सञ्चालन गन सस्तो पनि थियो ।

उक्त प्रस्तावबाट टेलफोर्ट प्रभावित भयो । केही महिनाभित्र हुवावे र टेलफोर्टबीच २३ करोड युरो मूल्यको १० वर्षे सम्झोता सम्पन्न भयो । यसपछि नै हुवावे टेलिकम उपकरणको अन्तर्राष्ट्रिय बजारमा नजरमा पर्न थाल्यो ।

अर्को वर्ष छलाङ हान्दै उसले पूर्वब्रिटिस टेलिकम सञ्चालक बीटी र विश्वकै ठूलो मोबाइल–बाहक भोडाफोनसँग सम्झौता गर्यो ।

“त्यसबेला चीनमा हुवावेको वर्चस्व थिएन । उपभोक्तामाझ ‘चाइना मोबाइल’ जस्तै उनीहरूको पनि राम्रो स्थान थियो । तर चीनमा व्यवसायले आफूलाई अन्तर्राष्ट्रिय कम्पनीको रूपमा प्रस्तुत नगरेसम्म कसैले तपाईंलाई भरपर्दो मान्दैन,” स्टेफान स्केउर्लले भने । हुवावेका पूर्व बिक्री प्रवन्धक रहेका स्टेफानले कम्पनीका लागि महत्त्वपूर्ण टेलफोर्ट सम्झौतामा संलग्न थिए ।

“टेलफोर्टसँगको सम्झौताले हामीहरूलाई अवसरको ढोका खोलिदियो । बीटी र भोडाफोनसँग सम्झौता गरेपछि हुवावेलाई युरोपभरी स्वीकारियो,” स्टेफानले भने । स्टेफान अहिले जर्मन स्टार्ट–अप सेनसोरवर्गका प्रमुख आय अधिकृत छन् ।

विश्व राजनीतिक टकरावको केन्द्रमा हुवावे

आज हुवावे विश्वको सबैभन्दा ठूलो टेलिकम्युनिकेसन उपकरण निर्माता हो । उसले १०० अर्ब अमेरिकी डलरको विशाल वार्षिक आयको आधा हिस्सा विदेशी बजारबाट प्राप्त गर्छ । तर पछिल्लो समय अमेरिका चीनको व्यापारयुद्धपछि उसको ३० प्रतिशत बजार हिस्सा रहेको युरोपमा कम्पनीको स्वीकार्यता भने धरापमा परेको छ ।

अमेरिकाले युरोपेली राष्ट्रहरूलाई हुवावेलाई प्रतिबन्ध लगाउन दबाब दिइरहेको छ । अमेरिकाले हुवावेका उपकरणहरू प्रयोगबाट राष्ट्रिय सुरक्षा खतरामा पर्ने अरोप लगाएको छ । यस आरोपलाई हुवावेले कडा शब्दमा निरन्तर खण्डन गर्दै आएको छ ।

अमेरिका फाइभ–जी नेटवर्कको मेरुदण्ड कुनै मित्र राष्ट्रले प्रदान गरोस् भन्ने चाहन्छ । फाइभ–जी नेटवर्कले विद्यमान फोर–जी प्रविधिभन्दा १०० गुणा तीव्र गतिको डाटा प्रदान हुने बताइन्छ । तर फाइभ–जी प्रविधिले सैन्य प्रयोगलाई पनि सघाउने अमेरिकाको दाबी छ ।

पछिल्लो समय चीनले एक औद्योगिक आधुनिकीकरणको योजनालाई व्यापक तीव्र प्रचारमा ल्यायो । त्यसबाट अमेरिकाका केही उग्र नीति निमार्ताहरूलाई भयभित भएका छन् । तिनले यो योजनालाई अमेरिकाका लागि खतराको रूपमा व्याख्या गरिरहेका छन् । हुवावेको विरोध पनि यसै भयअन्तर्गत भइरहेको विज्ञहरूले मानेका छन् ।

हुवावेप्रतिको अमेरिकी कदमलाई चीन विरोध गरेको छ । चीनले राज्य शक्तिको प्रयोग गरेर हुवावेलाई दबाउने अमेरिकी कार्यलाई पाखण्डको बताएको छ ।

अमेरिकी कदमपछि भोडाफोनले हुवावेलाई घेरेको राजनीतिक अस्थिरता समाधान नभएसम्म युरोपभरी रहेका आफ्ना ‘कोर नेटवर्क’मा हुवावेका उपकरण प्रयोग गर्न रोक्ने बताएको छ ।

बीटीले हुवावेका सामग्रीहरू उसको मोबाइल नेटवर्कको कोरबाट हटाउने जानकारी दिएको छ । अन्य युरोपेली मोबाइल सञ्चालकहरूले पनि हुवावेको प्रयोगको खतराबारे लेखाजोखा गरिरहेका छन् । उनीहरू पछि आफ्नो सरकारले हुवावेका उपकरणमाथि प्रतिबन्ध लगाएको अवस्थामा के गर्ने भन्नेमा चिन्तामा छन् ।

तथापि, हुवावेका एक वरिष्ठ अधिकारीले केही समयअघि बोल्दै निकट भविष्यमा चीन वरपरका बजारले फाइभ–जीको अधिकांश आय प्रदान गर्ने बताए ।

अन्य दुई प्रबन्धकसँग पालै पालो अध्यक्षता ग्रहण गर्ने छु, झिजुनले कम्पनीको मुख्यालयमा भएको एक पत्रकार भेटघाटमा हुवावेका उपकरणको सबैभन्दा ठूलो माग मध्यपूर्व र एसियामा भएको बताए ।

विश्वव्यापी प्रभाव राख्ने केही चिनियाँ प्रविधि उद्योगमध्ये एक हुवावे आजको दिनमा अमेरिका र चीनबीचको प्रतिस्पर्धाको भुमरीमा परेको छ । ।

यो सङ्कटले गर्दा कमपीनको एआई, स्वचालित वाहन र इन्टरनेट ‘अफ थिङ्ग’जस्ता प्रविधिमाथिको वर्चस्व धरापमा छ । र फाइभ–जी डाटा नेटवर्क यी नयाँ प्रविधिहरूका लागि जीवनदायिनी रगत बोक्ने रक्तसञ्चार प्रणाली जस्तै हो ।

३२ वर्षअघि सामान्य रूपमा स्थापना भएको थियो कम्पनी

यसको सामान्य सुरुवातलाई देखेका मानिसहरूलाई यसको वर्तमान विशाल आकारको अनुमान लगाउन गाह्रै पथ्र्यो ।

आजको दिनमा हुवावेमा १ लाख ७० हजार मानिस काम गर्छन् । यसको उपस्थिति १७० बजारमा छ ।

तर यसको प्रारम्भ भने सामान्य अवस्थाबाट भएको थियो । सेनाको जागिर छाडेका र अधबंैसे उमेरका रेन झेङफेईले यो कम्पनी २१ हजार युआनमा सुरु गरेका थिए । कैयौँ व्यवसाय असफल भएपछि सन् १९८७ मा रेनले हुवावे स्थापना गरेका थिए ।

“स्थापनाकालमा हुवावेलाई ठूला कम्पनीजस्तो विरासत कायम राख्नुपर्ने बोझ थिएन । यसले राम्रा इन्जिनियरहरू भर्ना गरेर आफ्नो सामर्थ विस्तार गर्यो । कम्पनी एरिक्सन र नोकियाको कार्यशैलीबाट प्रभावित थियो,” स्टकहोम आधारित कम्पनी नर्थस्ट्रिमका प्रमुख प्रवन्धक तथा पूर्वएरिक्सनका प्रवन्धक बेन्घ्टले भने, “हुवावेका प्रतिपर्धीहरूले लामो समय यसलाई कम आँके । सम्भवत सन् २०१० सम्म । त्यो बेलासम्म यो पन्छाउन नसकिने बलियो बनिसकेको थियो ।”

हुवावेका पूर्वकर्मचारी, प्रतिस्पर्धी तथा लामो समय उद्योगका विश्लेषकहरूको वयानको आधारमा हुवावेको एउटा यस्तो चित्र बन्छ जसको रङ्ग रेनको कडा मिहेनतको आदर्शले दिएको होस् । साथै अत्यन्त विषम अवस्थामा चट्टानी दृढताका साथ अघि बढ्नु कम्पनीको संस्कार नै रहेको जानकारहरू बताउँछन् । उनीहरू कम्पनीको सफलतामा उसले उपभोक्ताको आवश्यकतालाई दिने केन्द्रीय भूमिकालाई मान्छन् ।

कठिनाइमाझ पनि टिकिरहने पाठ सिकाउने त्यो अनुभव

रेन सन् १९४४ मा चीनको गरिब दक्षिणपश्चिम गुझाउ प्रान्तमा एक शिक्षकको परिवारमा जन्मिएका थिए । उनी सन् १९७४ मा जनमुक्ति सेनाको इन्जिनियरिङ विभागमा भर्ती भएका भए ।

सेनामा उनलाई देशको उत्तरपूर्वमा रहेको एक रासायनिक संयन्त्रण निर्माण गर्न पठाइयो । उनी गएको स्थानमा जाडोमा तापक्रम माइनस २० डिग्री सेल्सियससम्म पुग्थ्यो ।

त्यहाँको कठिन अवस्थाले उनलाई र केही विश्लेषकका अनुसार भावि हुवावेलाई समेत आकार दियो । त्यस्तो विषम परिस्थितिमा पनि उनीहरू घाँसे मैदान सुताइन्थ्यो र वर्षको आधा समय खानाका रूपमा बन्दाको अचार र मूला मात्र दिइन्थ्यो ।

“हामीले त्यस्तो कठिन अवस्थामा पनि कसरी टिकिरहने सिक्यौँ । हामीहरू पुरातनजस्तो लाग्ने जीवन भोगेर विश्वको सबैभन्दा विकसित प्रविधिहरूबाट सिक्थ्यौँ,” रेनले बताए ।

माथिको रेनको उद्धरण टिआन टाओद्वारा लिखित ‘हुवावे : लिडरसिप, कल्चर एन्ड कनेक्टिभिटी’ भन्ने पुस्तकमा लिइएको हो । उक्त पुस्तकका लेखक टाओ हुवावेको अन्तर्राष्ट्रिय सल्लाकार परिषद्का एक सदस्य हुन् ।

चिनियाँ व्यावसायिक वृत्तमा हुवावेलाई उसको निडर र आक्रमक व्यवसाय संस्कृतिका लागि चिनिन्छ ।

प्रारम्भिक दिनहरूमा हुवावेले टेलिकम उपकरणहरू व्यवसायमा आफूलाई टेलिफोनका स्विचको विक्रिमा केन्द्रित गरेको थियो । उसले हङ्ककङ र झुहाइका कम्पनीहरूबाट किनेका टेलिफोनका स्विचहरू किनेर चीनका ग्रामीण क्षेत्रका हुलाक र खानी क्षेत्रमा बेच्थ्यो । तत्कालीन चीनमा स्रोतको अत्यन्त कमी रहेकाले यो फाइदाजनक व्यवसाय थियो ।

सन् १९९१ मा रेनले आफ्नो सबै पुँजी हुवावे आफैले स्विच निर्माण गर्ने संयन्त्र निर्माण गर्न खर्च गरे । त्यो समय कम्पनीका अनुसन्धान र विकास कर्मचारीहरूको सङ्ख्या ५० मात्र थियो ।

उपभोक्ता सेवामा जोडले पारेको प्रभाव

सन् १९९० को दशकमा ‘हुवावे’ न्यून मूल्य, कमजोर गुणस्तर र उत्कृष्ट सेवाका लागि चर्चित थियो । कम्पनीको स्विचहरू भाँच्चिहाल्ने भएकाले विश्वसनीय मानिदैनथियो । तर पनि २४सै घण्टा प्रणाली चालु राख्न कम्पनीले कर्मचारी खटाएको थियो ।

साथै उनीहरू उपभोक्ताको समस्या सुन्थे । उनीहरूमा त्यो समय चिनियाँ व्यवसायमा आम रहेको उपभोक्ताले कम्पनीको समस्या बताउँदा उल्टै उनीहरूसँग बाझ्ने संस्कारलाई कडाइका साथ नियन्त्रण गरेका थिए ।

यसले उपभोक्तामा गहिरो प्रभाव पारेको थियो । किनकि त्यो समय एकदमै थोरै चिनियाँ व्यवसायमा मात्रै यसरी उपभोक्तालाई सम्मान गरिन्थ्यो । 

आजको दिनमा हुवावेमा काम गर्ने दुईमध्ये एक कर्मचारी अनुसन्धान तथा विकासमा संलग्न छन् ।  कम्पनीको अनुसन्धान तथा विकास बजेट वार्षिक २० अर्ब अमेरिकी डलरभन्दा बढी छ । यो रकम उसको सबैभन्दा नजिकको प्रतिद्वन्दीभन्दा ती गुणा बढी हो ।

सन् २०१८ को तेस्रो चौमासिकमा विश्व टेलिकम उपकरण बजारमा हुवावेको बजार हिस्सा २८ प्रतिशत रहेको छ । सन् २०१५ देखि उसको बजार हस्सिा ४ प्रतिशतले बढेको छ ।

हुवावेको वृद्धिमा लप्पनछप्पन देख्नेहरू

तथापि हुवावेको प्रेरणादायी वृद्धिमा उसले उपभोक्तालाई दिने राम्रो सेवा एक्लैको हात नभएको मान्ने आलोचकहरू पनि छन् ।

अघिल्लो महिना, अमेरिकाले हुवावेविरुद्ध एक मुद्दा दायर गर्यो । त्यसमा हुवावेमाथि अमेरिकी मोबाइल सञ्चालक टी–मोबाइलको प्रविधि चोर्न षड्यन्त्र गरेको र इरानसँगको व्यापारिक सम्बन्ध देखाएर चीनका सामग्रीहरूमाथि लगाइएको अमेरिकी प्रतिबन्ध उलङ्घन गरेको आरोप लगाएको छ । हुवावेले अमेरिकाको यी आरोपहरूको खण्डन गरेको छ ।

सन् २००४ मा अमेरिकामा रहेको कम्पनी सिस्काले हुवावेलाई अदालतमा लगेको थियो । त्यो समय उसले हुवावे राउटर प्रयोग गर्दा सफ्टवेयर कोड चोरिएको आरोप लगाएको थियो । पछि दुई कम्पनीले मुद्दा मिलाएका थिए ।

पश्चिमाको सुरक्षा चिन्ता कसरी सम्बोधन होला त ?

नर्दन आयरल्यान्डको अल्टसर विश्वविद्यालयका साइबर सुरक्षाका एक प्रध्यापक केभिन कुरान हुवावेका प्रबन्धकहरू पश्चिमाहरूमा रहेको सुरक्षा चिन्ता कसरी काम गर्न सकिन्छ भनेर सोध्न आएको बताउँछन् ।

एक अन्तरवार्ताको क्रममा कर्रानले भने, “सफ्टवेयर अथवा हार्डवेयरको इकाईमा सुरक्षा खतरा छैन भन्ने प्रत्याभूत गर्ने एक मात्र तरिका भनेको कोडलाई स्वतन्त्र विज्ञहरूबाट परीक्षण गराउनु हो । कोडमै हेर्न दिनुबाहेको अर्को विकल्प छैन ।”

अन्तरवार्तामा बोल्ने क्रममा कुर्रानले अगाडि भने, “हुवावेले विगत १५ वर्षदेखि ब्रिटिस मोबाइल नेटवर्कलाई ‘एक्सेस नेटवर्क सामग्री’ आपूर्ति गराइरहेको छ । यदि कुनै खालको षड्यन्त्र भइरहेको भए कसैले यो समयसम्म थाहा पाइ सक्नुपथ्र्यो ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप