शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओपोद्वारा साझेदारहरुलाई नजिकिन प्रस्ताव, ५जी र १०एक्स लसलेस जुमको अन्वेषण

आइतबार, १२ फागुन २०७५, १९ : ०४
आइतबार, १२ फागुन २०७५

काठमाडौं–स्पेनको बार्सिलोनामा ओपोले आफ्नो पहिलो ग्लोबल ईन्नोभेसन ईभेन्टको आयोजना गरेको छ । विश्वका उत्कृष्ट ५ स्मार्टफोन ब्रान्डमध्य ओपोले कार्यक्रम मार्फत सन् २०१९का लागि योजनाबद्ध आफ्ना नवप्रबर्तनात्मक रोचक घोषणाहरु प्रस्तुत गरेको हो ।

विश्वकै पहिलो टेनएक्स लसलेस जुम प्रविधिको डेब्यूका साथै ५जी प्रविधिमा उद्योगमै अग्रणी विकासका साथ स्थापित गरेको छ ।ओपा ब्रान्डले दैनिक जीवनमा ब्याप्त सम्भावनाबाट प्रेरित हुँदै उपभोक्तालाई आफू वरपर विद्यमान सुन्दरताको अनुभव लिन सघाउँछ ।

उपभोक्ता अन्तरदृष्टिमा विशेष ध्यान दिँदै ओपोले नवप्रबर्तन र आर एण्ड डी प्रतिको आफ्नो प्रतिबद्धतार्थ भारी लगानी गरिरहेको छ । यही प्रतिबद्धताले ओपोलाई समय समयमा ईमेज ब्यूटीफिकेशन प्रविधि, फाइभजी, एआई, एआर÷भीआर लगायत अन्य सम्भावना बोकेका मोबाइल प्रविधि जस्ता उद्योगकै पहिलो नवप्रबर्तन ल्याउन प्रोत्साहन गरिरहेको छ ।

‘मिडिया तथा हाम्रा सहकारीहरु माझ हाम्रो पहिलो ईन्नोभेसन ईभेन्ट प्रस्तुत गर्न पाउँदा हामी निकै गौरवान्वित महशुस गर्दैछौँ ।’ ओपोका उपाध्यक्ष  आङयी जियाङले भने ‘नवप्रबर्तन हाम्रालागि प्रहिलो प्राथमिकताको विषय हो र भविस्यलाई उपभोक्ताको हातमा सुम्पिने उद्देश्यका साथ हामीले थुप्रै नवप्रबर्तनहरु प्रस्तुत गरेका छौँ । हाम्रो प्रतिबद्धतालाई निरन्तर्ता दिँदै बजारमा विशेषगरी फाइभजीर फोटोग्राफी संग सम्बन्धित थप प्रगति गरिरहने छौँ ।’

ओपोद्वारा आफ्नो पहिलो ५जी स्मार्टफोन र ओपो ५जी ल्यान्डिङ योजनाको घोषणासंगै ५जी यूगलाई उपभोक्ताको थप नजिक ल्याइदिएको छ ।

ओपोद्वारा प्रस्तावित र प्रतिबद्धता जनाइएको यो पहलमा स्विसकम, टेल्स्ट्रा, ओप्टस लगायत क्यारियर्स र अझ गहिरो सहकार्यका साथमा सिङटेल लगायत क्षमतावान सरोकारवाला कम्पनीले ५जी उत्पादन र सेवाको प्रबद्र्धन र कार्यान्वोयनमा सहयोग गर्नेछन् । उपभोक्ताले कार्यसम्पादन र क्षमतामा थप सुदृढ र उत्कृस्टताको अनुभव गर्न पाउन् भन्ने मूल उद्देश्य रहेको कम्पनीको भनाई छ ।

क्वालकम ईन्कर्पोरेटेडका अध्यक्ष क्रिस्टियानो एमोनले भने, ‘४जी यूगमा ओपोको नेतृत्व नियाल्दा, छजीको युगमा पनि आफ्नो अग्रता कायम राख्ने सम्भावना प्रबल छ । हामी ५जी युगमा नवप्रबर्तनका प्रचुर सम्भावना देखिरहेका छौँ ।

हामी ५जीको सही क्षमता अनुभव गर्न ओपोसंग नजिक रहेर सहकार्यलाई निरन्तरता दिनेछौँ । साथै, एक्स५० मोडेम, समायोजित आरएफ ट्रान्सिभर र आरएफ फ्रण्ट ईन्ड सोल्यूशन सहितको हाम्रो फ्ल्यागशिप क्वालकम स्न्यापड्रागन ८५५ मोबाइल प्ल्याटफर्मका साथमा ओपोको पहिलो ५जी स्मार्टफोन सार्वजनिकमा पनि सहयोग पु¥याउने छौँ ।’

ओपोले फाइभजी प्रविधिको प्रतिक्षा तथा तयारी सन् २०१५देखि नै गरिरहेको थियो । फाइभजी फिचर्स र यसका फाइद समाहित गर्दै कार्य क्षमतामा कुनै सम्झौता नगर्ने अवांछनिय फोनको उत्पादनका लागि ओपोले डिजाइन तथा प्रविधिमा उल्लेख्य लगानी गरिरहेको छ । 

१०एक्स लसलेस जुम प्रविधि प्रदर्शन

ईन्नोभेसन ईभेन्ट मार्फत ओपोले विश्वकै पहिलो १०एक्स लसलेस जुम प्रविधि प्रदर्शित गरेको थियो । यो प्रविधिले विना कुनै सम्झौता प्रयोगकर्तालाई ब्यवसायिक देखिने तस्विर लिन सघाउँछ ।

ईन्नोभेसन ईभेन्टका अवलोकनकर्ताले ओपोद्वारा प्रदर्शित होलोग्राम कल्सदेखि एआर शपिङ जस्ता ५जी प्रविधिको उपयोगिताका जीवन्त उदाहरणको अनुभव गर्ने अवसर प्रदान गरिएको थियो । साथै ओपोले १०एक्स लसलेस जुमको उपयोगिताका उत्कृष्ट परिदृष्य र प्रदर्शनीपनि अवलोकन गर्ने मौका पाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप