बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बेनेल्लिका ३ नयाँ मोडल सार्वजनिक, मूल्य २ लाख देखि ५ लाखसम्म

आइतबार, १२ फागुन २०७५, १८ : ४६
आइतबार, १२ फागुन २०७५

काठमाडौं– अन्तराष्टिय मोटरसाईकल ब्रान्ड बेनेल्लिको आधिकारीक वितरक केटीएम इन्टरनेशनलले ३ वटा नयाँ मोडल सार्वजनिक गरेको छ ।

कम्पनीका १३५ देखि ६०० सीसीसम्मका विभिन्न मोटरसाईकलहरु बजारमा उपलब्ध छन् ।  हालै मात्र बजारमा ३वटा मोेडेल सार्वजनिक भएका हुन् । सार्वजनीक भएका मोटरसाइकल नेपाली चालकहरुकालागि फाईदाजनक र प्रतिस्पर्धी हुने कम्पनीले विश्वास लिएको छ । 

बेनेल्लि १५० सीसीको टीएनटी १५ को मूल्य २ लाख ३० हजार, १५० सीसीको टीएनटी १५० आईको मूल्य ३ लाख १५ हजार र २५० सीसीको बीएन २५१ को मूल्य ५ लाख २० हजार तोकिएको छ । 

बेनेल्लिका शोरुमहरु ललितपुरको पुल्चोक र कुपण्डोल, काठमाडौंको नक्साल र भक्तपुरमा रहेको छ । साथै यसका ११ वटा अधिकृत बिक्रेताहरु नेपालभरी बुटवल, पोखरा, विर्तामोड, चितवन, ईटहरी, नेपालगञ्ज, भक्तपुर, सुर्खेत, दांग, हेटौडा, जनकपुर मा रहेका छन् ।

सन् १९११ देखीनै मोटरसाईकल राइडरको रुचि बन्दै आएको र प्रत्येक सवारी चालकको आवस्यकताहरु परीपूर्ति गर्नका लागी सिर्जना गरीएको मोटरसाईकल हो । 

    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप