प्रहरीका १४ एसएसपीको पदस्थापना र ९ जनाको सरुवा, को–कहाँ ? (सूचीसहित)
काठमाडौं– गृह मन्त्रालयले नेपाल प्रहरीका १४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको पदस्थापना गरेको छ ।
प्रहरी उपरिक्षक (एसपी) बाट भर्खरै बढुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई गृह–मन्त्रालयले आइतबार पदस्थापन गरेको हो ।
मन्त्रालयको निर्णय अनुसार प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सन्दीप भण्डारीलाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा पदस्थापना गरेको छ ।
उमेशराज जोशीलाई प्रहरी महानिरीक्षकको सचिवालय, श्यामलाल ज्ञवालीलाई महानगरीय प्रहरी कार्यालय प्रशासन महाशाखा रानिपोखरी, रामदत्त जोशी लाई केद्रिय अनुसन्धान ब्युरो, दीपक थापालाई प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखा, किरण बज्राचार्यलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापना गरिएको छ ।
यसैबीच, गृह मन्त्रालयले ९ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) हरुको सरुवा गरेको छ । नेपाल राजदूतावास (कन्सुलर) नयाँ दिल्लीमा प्रकाश अधिकारीको सरुवा भएको छ ।
महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत देव बहादुर बोगटीलाई संघीय प्रहरी ईकाई कार्यालय सेतीमा पठाइएको छ ।
लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरमा विश्वराज पोखरेल, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा दिवेश लोहनी र संघीय प्रहरी इकाई कार्यालय गण्डकीमा पूजा सिंहलाई पठाइएको छ ।
पदस्थापना सूची हेर्नुहोस्ः
सरुवाकाे सूची
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सकियो
-
अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द
-
जेजु एयर विमान दुर्घटना हुनुअघि नै ब्ल्याक बक्सको रेकर्डिङ रोकिएको खुलासा
-
इलाममा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण
-
संसदमा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक
-
राष्ट्रिय युवा संघ नेपालले माघ १२ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने