आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ७ ‘सुदूरपश्चिम’ बनेको गृहमन्त्रीलाई थाहै छैन !

आइतबार, १२ फागुन २०७५, १४ : २९
आइतबार, १२ फागुन २०७५

काठमाडौं–प्रदेश नम्बर ७ को नामाकरण भएर ‘सुदूरपश्चिम’ बनेको महिनौँ भइसक्यो । तर, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रदेशको नामाकरण भएको बारे अझै अनभिज्ञ रहेकाे पाइएकाे छ । 

आइतबार राज्य व्यवस्था समितिको बैठकमा एनसेलका टावरहरुमाथि भएको आक्रमणको सम्बन्धमा जानकारी दिने क्रममा गृहमन्त्री बादललाई यसबारे जानकारी नै नरहेको खुलासा भएको हो ।

विभिन्न प्रदेशमा एनसेलका टावरमाथि भएको हमलाको विवरण प्रस्तुत गर्ने क्रममा गृहमन्त्री थापाले ‘प्रदेश नम्बर ७’ भन्दै तथ्यांक प्रस्तुत गरेका थिए ।

लगत्तै, समितिका सांसदले ‘प्रदेश नम्बर ७ होइन, गृहमन्त्रीज्यू ! सुदुरपश्चिम प्रदेश हो’ भनेर सम्झाएका थिए ।
 ‘ए हो र ?’ आश्चर्यचकित हुँदै गृहमन्त्रीले भने, ‘सुदूरपश्चिम नाम भइसक्यो ?’

जवाफमा अरु सांसदहरुले ‘हो’ भने ।

त्यसपछि गृहमन्त्री थापाले प्रदेश ७ को साटो सुदुरपश्चिम प्रदेश भनेर तथ्यांक राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप