शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘जानी नजानी’ ट्रेलरमा मनिष र निरिशाको भरपुर प्रेम

आइतबार, १२ फागुन २०७५, १२ : ०९
आइतबार, १२ फागुन २०७५

काठमाडौं – फिल्म ‘जानी नजानी’को अफिसियल ट्रेलर रिलिज गरिएको छ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलरमा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा फिल्मका कलाकार मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता सापकोटा लगायत उपस्थित थिए । ट्रेलरमा मनिष र निरिशाको प्रेम र प्रेममा आएको उचारचढाव प्रस्तुत गरिएको छ । 

फिल्म बसन्त अधिकारीले निर्देशन गरेका हुन् । दर्जनौं फिल्ममा सहयक भएर काम गरेका उनले ‘जानी नजानी’का ड्रिम प्रोजेट भएको बताए । 

फिल्ममा सामिप्यराज तिमल्सिनाको लेखन छ । ‘जानी नजानी’ प्रेमकथाको एक रमाइलो फिल्म उनी बताउँछन् । १ चैतबाट  प्रदर्शनमा आउँने फिल्ममा अर्जुन पाखरेलको संगीत छ । 

प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । मोदनाथ खनाल र सागर काजी मालीले यसलाई निर्माण गरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप