बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा कोमलले सुनाइन् बाल गीत

आइतबार, १२ फागुन २०७५, १० : ४३
आइतबार, १२ फागुन २०७५

अमेरिकाको भ्रमणमा रहेकी लोकप्रिय लोक गायिका तथा राष्ट्रसभा सदस्य सांसद कोमल ओलीले अमेरिकामा जन्मेका बालबालिकलाई आफ्नो बाल गीत सुनाएकी छिन् । 

अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिलस्थित नेपाली पाठशाला सेन्टरभिलले ओलीलाई निमन्त्रणा गरेको थियो । त्यहाँ अमेरिका जन्मेका दोश्रो पुस्ताले भव्य स्वागत गरेको थियो । 

नेपाली पाठशाला अफ भर्जिनियाकी सञ्चालक विना खड्का लामा, पाठशालाका प्रधानाचार्य विष्णु खरेल, सञ्चालक चन्द्र लामालगायत अभिभावकहरुले ओलीलाई अमेरिका आउन निम्तो गरेका थिए । 

विद्यार्थीहरुसँगको भेटमा ओलीले नेपालको शिक्षा पद्धतिको चर्चा गर्दै गृहकार्य नगरे विद्यालय जान विद्यार्थी नमान्ने कुराको चर्चा गरिन् ।

ओलीले ‘नेपालमा धेरै किताव बोक्नुपर्छ भन्दै यहाँ पनि तपाईंहरुले निकै किताव बोक्नुपर्छ हो ?,’ भन्ने प्रश्न राख्दा ‘हो’ भनि एकै स्वरमा जवाफ फर्काएका थिए । 

पाठशालाका प्रधानाचार्य विष्णु खरेलले अतिथिहरुलाई स्वागत गर्दै नेपालको पाठ्यक्रम अनुसार अध्यापन गराउने बताएका थिए । 

उक्त बिद्यालयमा करिव १ सय ५० विधार्थीहरु हाल रहेका छन् । 

ओलीले साना बालबालिकालाई ‘ठूलो भए पछि नेपाल फर्कनुपर्छ ल !’ भनेर आग्रह गर्दा सबैले एकै स्वरमा ‘हुन्छ’ भनेका थिए । 

ओलीले बालबालिकालाई आफ्ना बुवा हजुर आमालाई कसरी आदर र सत्कार गर्ने विषय पनि सिकाएकी थिइन् । 

अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्की९विद्या वारिधि ०ले नेपाली भाषा पढ्न र लेख्न सिक्नु भएकोमा बिद्यार्थीहरुलाई सबैलाई धन्यवाद दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप