अनियमित महिनावारीको अचुक औषधि तुलसी, कसरी प्रयोग गर्ने ?
काठमाडौँ – सामान्यतयाः किशोरी १२÷१३ वर्ष पुगेपछि महिनावारी हुन सुरु हुन्छ । यो प्राकृतिक प्रक्रिया हो । महिनावारी हुँदा हल्का पेट दुख्ने, ढाड दुख्ने, स्तन सुन्निने, शरीर भारी हुने, वाकवाकी लाग्ने गर्छ । तर आजभोलि व्यस्त जीवनशैली र खानपान तथा व्यायाममा ध्यान नदिदाँ धेरै महिलाहरु महिनावारीसम्बन्धी समस्याबाट ग्रस्त भएका छन् ।
महिनावारीको समयमा धेरै दुखाई, रक्तश्राव, तनाव, चिडचिडापन महिनावारीमा सामान्य मानिएपनि अनियमित महिनावारी भने ठूलै समस्या हुनसक्ने डाक्टरहरु बताउँछन् ।
महिनावारी २१ देखि ३५ दिनभन्दा अगाडि वा पछाडि हुनुलाई अनियमित महिनावारी भनिन्छ । छिटो छिटो महिनावारी हुनु र धेरै ढिलो महिनावारी हुँदा विभिन्न स्वास्थ्य समस्या देखा पर्न सक्छन् । महिलाहरु महिनावारी अनियमित भएको समयमा विभिन्न प्रकारका औषधिहरुको सेवन गरिरहेका हुन्छन् जुन महिला स्वास्थ्यको लागि घातक सावित हुन सक्छ ।
किन महिनावारी समयमा हुन जरुरी छ ?
अनियमित महिनावारी महिलाका साझा समस्या बन्दै गएको छ । महिनावारी भएको २१ दिनपछि ३५ दिनसम्म महिनावारी नहुनु र त्यही समस्या बारबार दोहोरिरहनुले महिलाको स्वास्थ्यमा गम्भीर समस्या भएको हुनसक्छ । त्यसैले यस्तो अवस्थामा डाक्टरको सल्लाह लिन अत्यन्तै जरुरी छ ।
कारण
थाइराइड, पेल्विक तथा पीसीओडी जस्ता रोगका कारण महिनावारी अनियमित हुनसक्छ । साथै तौल बढ्दा वा घट्दा, तनाव, गलत डाइट, गर्भ निरोधक औषधिको प्रयोग, अत्याधिक मात्रामा कसरत र स्तनपानले गर्दा महिनावारी अनियमित हुन्छ ।
लक्षण
भोक नलाग्ने, युट्रसमा पीडा, पेट, हात र कम्मर दुखाई, अत्याधिक थकाई, कब्जियत र पखाला लाग्ने जस्ता लक्षण देखा परेमा महिनावारीमा समस्या भएको हुनसक्छ । साथै युट्रसमा र रगतको दाग देखिनु पनि एउटा लक्षण हो ।
तुलसी
अनियमित महिनावारीको एकमात्र अचुक उपाय तुलसी हो । यसमा पाइने तत्वले तनाव कम गर्ने र हर्मोनको मात्रा सन्तुलन गर्न मद्दत गर्छ । यसमा प्राकृतिक एन्टीअक्सीडेन्ट हुन्छ जसले एन्टी–इन्फ्लामेटरी र एन्टी–माइक्रोबियल गुण पाइन्छ ।
कसरी प्रयोग गर्ने ?
तुलसीले कोर्टिसोल हर्मोनलाई नियन्त्रण गर्छ जसले गर्दा महिनावारी नियमित हुन्छ । यसको लागि १० ग्राम तुलसीको दानामा पानी उमालेर नियमित रुपमा विहान पिउँनुपर्छ । यसले तपाईंको अनियमित महिनावारीको समस्याको समाधान गर्न मद्दत गर्छ । यसका साथै तुलसीको चिया, यसको पानी वा यसको पात खादाँ राम्रो गर्छ ।
सावधानः यदि तपाईं गर्भवती वा मधुमेहको बिरामी हुनुहुन्छ वा एसिटामिनोफेन जस्ता पेनकिलरको सेवन गरिरहनुभएको छ भने तुलसीको प्रयोग नगर्नुहोस् किनकी तुलसी शरीरमा हर्मोनलाई सिधै प्रभाव पार्ने भएकाले यस्ता व्यक्तिका लागि खतरनाहक हुनसक्छ । साथै कलेजो खराब हुनपनि सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु