बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

श्रेष्ठको निधनप्रति महासचिव किरणद्वारा दुःख व्यक्त

शनिबार, ११ फागुन २०७५, २१ : १६
शनिबार, ११ फागुन २०७५

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)ले नेपालको कम्युनिष्ट आन्दोलनका अग्रज नेता कृष्णदास श्रेष्ठको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । 

सो पार्टीले आज प्रकाशित एक विज्ञप्तिमा महासचिव वैद्यले स्व श्रेष्ठ माक्र्सवादी दर्शनका व्याख्याता, विचारक, लेखक तथा अनुवादकका रुपमा अतुलनीय योगदान रहेको बताउँदै उनको निधनले स्तब्ध तुल्याएको उल्लेख गरेका छन् । 

पार्टीका सल्लाहकारसमेत रहेका उनको निधनले नेपालको जनवादी तथा कम्युनिष्ट आन्दोलनमा गम्भीर क्षति हुन पुगेको बताउँदै वैद्यले भनेका छन् – हाम्रो पार्टी उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ । 

उनी मानव मुक्तिको महान् तथा उच्च लक्ष्यमा सम्पूर्ण जीवनको समर्पण गर्नु नै जीवनको सार्थकता रहेको कुरालाई आत्मसात् गरी कम्युनिष्ट आदर्श र सर्वहारा वर्गका पक्षमा उभिएका स्व. श्रेष्ठ क्रान्तिकारी कम्युनिष्ट र वर्ग सङ्घर्षका पक्षमा लाग्ने मानिसका निम्ति एक आदर्श व्यक्तित्व भएका वैद्यले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

नेपालको कम्युनिष्ट आन्दोलनका अग्रज नेता कृष्णदास श्रेष्ठको ८७ वर्षको उमेरमा आज दिउँसो १ बजेर ४० मिनट जाँदा आफ्नै निवास शङ्खमूलमा निधन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप