शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानले महिला साफ नखेल्ने

शनिबार, ११ फागुन २०७५, २१ : ०९
शनिबार, ११ फागुन २०७५

काठमाडौं । पाकिस्तानले यही फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरमा आयोजना हुने पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल नखेल्ने भएको छ ।

साफमा सहभागी टोलीको शनिबार दर्ता समय अन्तिम रहेकोले पाकिस्तानले सहभागीताको लागि कुनै चासो नदिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । पाकिस्तानले यसअघि सन् २०१६ मा पनि अन्तिम समयमा आएर सहभागिता नजनाउने निर्णय गरेको थियो ।

सन् २०१४को साफ पाकिस्तान आफैंले आयोजना गरेको थियो । सन् २०१० मा सेमिफाइनल पुगेको पाकिस्तान त्यसपछिको संस्करणको समूह चरणबाट बाहिरिएको छ । यसपटक पाकिस्तान समूह ‘ए’ मा थियो । 

यस समूहमा आयोजक नेपाल, भुटान र बंगलादेश छन् । समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका छन् । नेपालले प्रतियोगिताको तयारी गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप