शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जग्गा अभावका कारण उपत्यकामा कृषिबजार विस्तार गर्न सकिएन : मन्त्री खनाल

शनिबार, ११ फागुन २०७५, १९ : ३७
शनिबार, ११ फागुन २०७५

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले जग्गा अभावका कारण उपत्यकामा कृषि बजार विस्तार गर्न नसकिएको बताएका छन् । 

भक्तपुरको गठ्ठाघरस्थित चारदोबाटोमा सनिबार आयोजित भक्तपुर तरकारी तथा फलफूल बजारको उद्घाटन समारोहलाई सम्बोधन गर्दे मन्त्री खनालले जग्गा अभावका कारण सरकारले घोषणा गरेको कृषि बजार विस्तार कार्यक्रमलाई अघि बढाउन नसकिएको बताएका हुन् । 

चालु आर्थिक बर्षमा सरकारले काठमाण्डौ उपत्यकाका सबै नाकामा ५ वटा कृषि बजार स्थापना गर्ने घोषणा गरेको भएपनि त्यसका लागि आवश्यक जग्गा उपलब्ध हुन नसकेको उहाँको भनाई थियो । उहाँले कृषि बजारका लागि २ सय रोपनी जग्गा आवश्यक परेको बताए । 

मन्त्री खनालले स्वदेशी कृषि जन्य उत्पादनको बजार विस्तार हुन नसक्दा विदेशी उत्पादनसँग  प्रतिष्पर्धा गर्न कठिन भएको बताए । कम मेहनतमा बढी मुनाफा कमाउने त्यस्ता उत्पादनलाई विस्थापित गरि स्वदेशी उत्पादनको विस्तार र प्रर्वद्धनलाई प्राथमिकतामा राखेर मन्त्रालयले काम गरिरहेको उनले स्पष्ट पारे । 

मन्त्री खनालले प्रदेश नम्बर १ बाट कृषिमा आधुनिकरण र कर्णाली प्रदेशबाट प्राङ्गगारिक खेतीको सुरुवात गर्ने योजना अनुसार बजेट विनियोजन भई काम भईरहेको जानकारी पनि गराए । माघ १ गते देखि संचालनमा आएको भक्तपुर तरकारी तथा फलफूल बजारको सनिबार औपचारिक उद्घाटन गरिएको हो । 

८ रोपनी क्षेत्रफलमा फैलिएको तरकारी बजारमा १ सय ५० तरकारी तथा फलफुलका स्टल र १ सय ३५ वटा अन्य खाद्य पदार्थका सटर रहेका छन् । बजार सञ्चालक श्याम कृष्ण बस्नेतले तरकारी बजारमा नेपाली चुलोका लागि प्रयोग हुने सम्पुर्ण खाद्य सामाग्री सुलभ मुल्यमा प्राप्त हुने बताए । 

१८ वटा सिसि क्यामेरा जडान गरिएको तरकारी बजारका स्टलहरु ६ रोपनीमा रहेका छन् भने २ रोपनी क्षेत्रफल पार्किङ्गका लागि छुट्याईएको छ । अत्यन्तै व्यवस्थित ढंगले बनाईएको तरकारी बजारमा महिला र पुरुषका लागि १० ÷१० वटा शौचालय छन् । 

भक्तपुर तरकारी तथा फलफूल बजारको लागत साढे ६ करोड रहेको सञ्चालकले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप