बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विमान अपहरणको धम्कीपछि भारतका एयरपोर्टमा उच्च सतर्कता, यात्रुहरुलाई जहाजको भर्याङमा समेत चेकजाँच

शनिबार, ११ फागुन २०७५, १८ : ४५
शनिबार, ११ फागुन २०७५

काठमाडौं । पुलवामा आक्रमण भएको केही दिनपछि शनिबार भारतका एयरपोर्टहरु उच्च सतर्कताको अवस्थामा राखियो । सुरक्षा एजेन्सीहरुलाई कार पार्किङ्ग क्षेत्रमा प्रवेश गरिरहेका सबै वाहनहरुलाई जाँच गर्न भनिएको छ । 

यसका साथै एयरपोर्टका अतिरिक्त अन्य संवेदनशील क्षेत्रको सुरक्षा पनि बढाइएको छ । यस घटनाको विकासक्रमबारे जानकार अधिकारीहरुले यो जानकारी दिएका हुन् । 

यी सुरक्षा सतर्कता मुम्बइस्थित एयर इण्डियाको एयर कन्ट्रोल रुममा एक धम्कीपूर्ण फोन कल आएपछि लागू गरिएको हो । फोनमा पाकिस्तान उड्ने जहाज अपहरण हुने धम्की दिइएको थियो । 

धम्कीपछि विशेष गरेर खाडीमुलुक र पाकिस्तान उड्ने तयारीमा रहेका विमानका यात्रुहरुलाई जहाज प्रवेश गर्नुअघि सिढीँमा पुन दोहा¥याएर जाँच गरिएको छ । 

जहाजको सिढीँमा गरिने चेक अर्थात सेकेण्डरी ल्याडर प्वाइन्ट चेकिङ्ग (एसएलपीसी) खतरा सबैभन्दा उच्च रहँदा गरिन्छ । 

भारतका १०० मध्ये ६१ एयरपोर्टमा सुरक्षा प्रदान गर्दै आएको ‘केन्द्रीय औद्योगिक सुरक्षा फोज’का एक शीर्ष अधिकारीका अनुसार सुरक्षाको लागि हाल एयरपोर्टमा विशेष स्क्वाड निर्माण गरिएको जानकारी दिएका छन् ।

‘यीनको काम शंकास्पद यात्रुहरु एयरपोर्ट प्रवेश गर्नासाथ पहिचान गर्ने हुनेछ । यो स्क्वाडको सदस्यहरुलाई एयरपोर्टका विभिन्न स्थानमा राखिनेछ । यसमा यस्ता कर्मचारीलाई राखिनेछ जो मानिसको हाउभाउबाटै तिनको पहिचान गर्न माहिर हुन्,’ अधिकारीले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप