रहेनन् कृष्णदास
काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर विचारक कृष्णदास श्रेष्ठको आज निधन भएको छ । आमरुपमा माड्साबको नामले परिचित श्रेष्ठ ८७ वर्षको हुनुहुन्थ्यो । दम र पिसाबनली बन्द हुने समस्याबाट पीडित श्रेष्ठको शंखमूल, नयाँवानेश्वरस्थिति आफ्नै निवासमा दिउँसो १ः४० मा निधन भएको हो ।
श्रेष्ठको पार्थिव शरीरमा मोहन वैद्य किरण, रामबहादुर थापा बादल, झलनाथ खनाल, देव गुरुङ, सोनाम साथी, पम्फा भुसाल लगायतका नेताहरुले उहाँको निवासमा गई श्रद्धाञ्जली प्रकट गर्नुभएको थियो ।
त्यसपछि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीको लागि उहाँ आबद्ध नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को पार्टी कार्यालय बुद्धनगरमा ल्याइएको थियो । त्यहाँ आयोजित संक्षिप्त श्रद्धान्जली कार्यक्रममा पार्टीका अध्यक्ष मोहन वैद्यले श्रद्धान्जली मन्तव्य राख्नुभएको थियो । त्यसपछि परिवारका सदस्यहरुको इच्छाअनुसार उहाँको अन्येष्टिको लागि पशुपति लगिएको थियो ।
सांगठनिक रुपमा पछिल्लो समयमा उहाँको आबद्धता मोहन वैद्य पक्षधर नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को सल्लाहकारको रुपमा रहेको थियो ।
श्रेष्ठ प्रगतिशील लेखनको क्षेत्रमा नेपालकै सबैभन्दा अग्रणी लेखकहरुमध्येका एक हुनुहुन्थ्यो । उहाँका ३ दर्जनभन्दा बढी प्रगतिशील वैचारिक पुस्तकहरु प्रकाशित छन् । पञ्चायतकालीन समयका चर्चित पत्रिका रातो युगधाराको पनि उहाँ प्रमुख सल्लाहकार हुनुहुन्थ्यो । निधनको केही समयअघिसम्म पनि उहाँ आफ्ना कृति प्रकाशनका लागि अनवरत चिन्तनशील हुनुहुन्थ्यो । उहाँ आफ्ना केही कृतिहरुको प्रकाशनको तयारीमा समेत जुटिरहनु भएको थियो ।
तीन छोरी र एक छोराका पिता श्रेष्ठको आजै आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को तर्फबाट पार्टीका महासचिव मोहन वैद्य किरणले एक श्रद्धान्जली वक्तव्य जारी गर्दै ’श्रेष्ठको निधनले नेपालको जनवादी तथा कम्युनिस्ट आन्दोलनमा गम्भीर क्षति हुन पुगेको’ जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेकेन्ड ह्यान्ड आइफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
-
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
-
सिस्टमले चलेको देश जापान
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी