पुलवामा हमलापछि भारत–पाकबीच साइबर युद्ध शुरु
कश्मीरको पुलवामामा सीआरपीएफको कारगेडमा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच साइबर युद्ध शुरु भएको छ ।
हमलापछि भारतीय ह्याकरहरुले पाकिस्तानका २ सयभन्दा वेबसाइट ह्याक गरेका थिए । जसको जवाफमा पाकिस्तानका ह्याकरहरुले भारतको १ सयभन्दा बढी वेबसाइट ह्याक गरेका छन् ।
यसमा छत्तीसगढ भाजपाको वेबसाइट पनि परेको छ । भाजपाको वेबसाइट ह्याकको जिम्मा फइसल १३३७ आइडी भएका पाकिस्तानी ह्याकरले लिएका छन् ।
उनको फेसबुक पेज ‘अफिसियल पाक साइबर अट्यकर्स’को नाममा रहेको छ ।
यसमा दुई जना ह्याकर प्रमुख रहेका छन् – फैजल र मोहम्मद हसन ।
भारतीय मिडियासँग कुरा गर्दै मोहम्मद हसनले पुलवामापछि दुई देशबीच साइबर वार शुरु भएको स्वीकार गरेका छन् ।
पुलवामा हमलापछि अहिले आफ्नो टिममा १५ जना काम गरिरहेको पनि जानकारी दिएका छन् ।
उनले आफूहरुलाई आइएसआईले साइबर हमला गर्न कुनै पनि निर्देशन नदिएको स्पष्ट पारे ।
‘हामीहरु युद्धभन्दा शान्ति चाहन्छौँ । हामीले केवल भारतीय ह्याकरहरुलाई जवाफ दिएका हौँ,’ उनले अन्तरवार्तामा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहसचिव अर्यालद्वारा विमानस्थल अध्यागमनको निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन
-
युक्रेनका थप दुई गाउँ कब्जा : रुस
-
विश्वभरका बजारबाट कोभिड खोप फिर्ता लिने एस्ट्राजेनेकाको निर्णय
-
राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा यो वर्ष ६ वटा बाघ मृतावस्थामा भेटिए
-
आमाको मन बुझ्न वर्षौँ लाग्यो
-
फुटेको पार्टी दर्ता गर्न निर्वाचन आयोगको हतारो, भूमिकामाथि प्रश्न