ट्रम्प–किम शिखर वार्ता : ट्रम्प र किमका ‘डुप्लिकेट’ लाई देश निकाला गर्ने भियतनामको चेतावनी
एजेन्सी । शुक्रबार भियतनामको राजधानी हनोईमा उत्तर कोरियाली नेता किम जोङ उनजस्तै देखिने एक घुमिरहेका थिए । उनलाई देख्दा धेरै मानिसहरु रमाइलो मानिरहेको थिए । तर भियतनामका अधिकारीहरु भने यसबाट खुसी नभएको देखिएको छ ।
अष्ट्रेलियाली नागरिक हवार्ड एक्सले भियतनामी अधिकारीहरुले आफू र ट्रम्पजस्तै पहिरनमा हिँडिरहेका अर्का व्यक्तिलाई समातेर केरकार गरेको बताए । केरकारका क्रममा उनीलाई कुनै स्थानीय टीभीमा अन्तरवार्ता दिएमा देश निकाला गर्ने चेतावनी दिइएको छ ।
“उनीहरुले ट्रम्प–किमको शिखर वार्ताको कारणले अहिले अत्यन्त सम्वेदनशील समय भएको बताए । यसैले गर्दा किम र ट्रम्पजस्तो बन्दा ‘बाधा’ पर्ने भने,” हवार्ड एक्सले फेसबुक पोष्टमा लेखेका छन् ।
उनीहरुबाट अधिकारीहरुले जवरजस्ती अन्तरवार्ता नदिन र सार्वजनिक स्थानमा ट्रम्प र किमजस्तो बनेर नहिँड्ने सम्झौतामा हस्ताक्षर गराएको पनि उनले बताए ।
किम–ट्रम्प शिखर वार्ताको लागि भियतनामको तयारी
शिखर वार्ताको लागि भियतनाममा पहिले उत्तर कोरियाली नेता आउने भएका छन् । किमको आगमनको समयमा भियतनामले व्यापक ट्राफिक नियन्त्रणको घोषणा गरेको सरकारी मिडियाहरुले बताएका छन् ।
रिपोर्ट अनुसार सडक विभागले १० टन वा त्यो भन्दा बढीका ट्रकहरु र नौभन्दा बढी सिट भएका गाडीहरुमा पहिले प्रतिबन्ध हुने बताएका छन् । यो प्रतिबन्ध सोमबार बेलुका ७ देखि मंगलबार दिउसो २ बजेसम्म दोङ दाङदेखि हनोई जोड्ने राजमार्गको १७० किमी हिस्सामा लागु हुनेछ ।
यस अतिरिक्त मंगलबार ६ बजे विहानदेखि २ बजे दिउँसोसम्म सम्पूर्ण वाहनहरुमा पूर्ण प्रतिबन्ध लाग्नेछ ।
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको शिखर वार्ता बुधबार र विहिबार हुने पूर्वनिर्धारित कार्यक्रम छ ।
भियतनामको सरकारी तयारी हेर्दा किम जोङ उन चीनको सिमानामा रहेको दोङ दाङ सहरबाट कारमा हनोई जाने जस्तो देखिएको छ । तर प्योङयाङबाट चीनसम्म रेलमा यात्रा हुने अथवा चिनियाँ सीमाना सहरसम्म जहाजमा आउने स्पष्ट भइसकेको छैन । विगतमा किमका यात्रा अत्यन्त गोप्य राखिन्थ्यो ।
अधिकारीहरुका अनुसार शिखर वार्तास्थलको रुपमा केन्द्रीय हनोईमा रहेको औपनिवेशिक सरकारी पाहुना घर प्रयोग हुन सक्छ । साथमा नजिकै रहेको मेट्रोपोल होटल व्याकअपको रुपमा तयार गरिँदै गरेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको फोहोर व्यवस्थापनमा कोइकाले १० मिलियन डलर दिने
-
इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणमा अमेरिकाले दियो यस्तो चेतावनी
-
अमेरिकाद्वारा इजरायल र युक्रेनका लागि अर्बौँको सहयोग स्वीकृत
-
‘महाजात्रा’ र डिग्री माइला’ले दर्शक तानिरहेका बेला आउन लागेका तीन फिल्म
-
लाजियोसँग हारे पनि युभेन्ट्स इटालियन कपको फाइनलमा
-
आईक्यूब इलेक्ट्रिक स्कुटरमा लाइफ टाइम ब्याट्री अस्योरेन्स, मूल्य २ लाख ९९ हजार