बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘ओढेर घूँघट’ मा नेपाल आइडलका कृशल र सेड्रिनाको मायाप्रेम

शनिबार, ११ फागुन २०७५, १७ : ५१
शनिबार, ११ फागुन २०७५

काठमाडौं । नेपाल आइडल सिजन–२ बाट चर्चित बनेका कृशल कँडेलको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ । 

‘ओढेर घूँघट’ बोलको कृशलको यस गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत र नृपेश उप्रेतीको प्रेमिल भावको शब्द रहेको छ । 

गीतमा गोपाल रसाईलीको संगीत संयोजन रहेको छ ।  म्यूजिक भिडियोलाई भद्रगोलका निर्देशक दिपक आर्चायले निर्देशन गरेका हुन् भने कोरियोग्राफी तेन्जु योञ्जनले । 

म्यूजिक भिडियोमा गायनसँगै उनले किशोरी नायिका सेड्रिना शर्मासँग अभिनय गरेका छन् । यसैगरी म्युजिक भिडियोमा अर्जुन तिवारीको छायांकन रहेको छ भने चन्दन दत्तले सम्पादन गरेका छन् । 

कृशल नेपाल आइडलको दोस्रो सिजनमा टप ८ मा पुग्न सफल भएका थिए ।

गीतले युट्युबमा २४ घण्टामा झण्डै ५ लाख पटक हेरिएर नयाँ कीर्तिमान बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप