शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनौली जाँदै गरेको बसले दियो मोटरसाइकललाई ठक्कर, २ जनाको मृत्यु

शनिबार, ११ फागुन २०७५, १७ : ४३
शनिबार, ११ फागुन २०७५

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्डमा आज दिउँसो भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

पोखराबाट सुनौली जाँदै गरेको ग १ ख ४७८० नं को यात्रुवाहक बसले डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ३९ प ९५३८ नं को मोटरसाइकल व्यास नगरपालिका–१२ घाँसीकुवामा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा मोटरसाइकल चालक गोरखा नगरपालिका–१४ बस्ने २१ वर्षीय माधव दराई र मोटरसाइकलमा सवार सोही ठाउँका १६ वर्षीय सुरज परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । 

उनका अनुसार दराईको दमौली अस्पतालमा र परियारको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने बस र बसका चालक प्रहरी नियन्त्रणमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप