शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नै छोरीलाई कुटपिट गरी हत्या गर्ने आमा पक्राउ

शनिबार, ११ फागुन २०७५, १७ : ३८
शनिबार, ११ फागुन २०७५

ताप्लेजुङ । आफ्नै ४ वर्षीया छोरीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा आमा पुजा चेन्जुङलाई प्रहरीले पक्राउ गरेको छ । 

शुक्रबार बिहान फुङलिङ नगरपालिका–४ रिजाल चोक बस्ने ३२ वर्षीया पुजा चेन्जुङलाई प्रहरीले पक्राउ गरेको हो । 

चेन्जुङले आफ्नै मनिका लिम्बुलाई सामान्य झगडा गरेको बिषयमा कुटपिट गर्दा गम्भीर घाइते भएकी उनलाई जिल्ला अस्पताल इलाम लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप