बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मुलुक आर्थिक संकटतर्फ धकेलिँदै गएको पूर्वअर्थमन्त्री महतको आरोप

शनिबार, ११ फागुन २०७५, १७ : २३
शनिबार, ११ फागुन २०७५

काठमाडौं । पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले सरकारको अदुरदर्शी नीतिका कारण मुलुक आर्थिक संकटतर्फ धकेलिँदै गएको आरोप लगाएका छन् । 

शनिबार राजधानीमा आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोश्रो बाािर्षक साधारणसभालाई सम्बोधन गर्दे पूर्वमन्त्री महतले व्यापार घाटा बढ्दै जानु, वैदेशिक लगानी भित्रन नसक्नु तथा स्वदेशमा उद्यमशिलताको विकास हुन नसक्नुले मुलुक चरम आर्थिक संकट तर्फ उन्मुख हुदै गएको बताएका हुन् । उनले पछिल्लो ६ महिनामा मुलुकले ७ खरबको व्यापार घाटा व्यहोर्नुपरेको उल्लेख गरे ।

उत्पादन शक्ति बढाएर आयात प्रतिस्थापन गर्ने तर्फ सरकारको ध्यान केन्द्रीत हुनुपर्नेमा उनले जोड दिए । वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्दै जादा स्वदेशमा दक्ष जनशक्तिको अभाव देखिएको भन्दै उनले उद्यमशिलता र औद्योगिक लगानीको वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए । 

डाक्टर महतले मुलुकलाई आर्थिक रुपले अघि बढाउन शुसासनको साथै प्रविधियुक्त उद्यमशिलता, आविश्कार र श्रृजनशिलताको विकास गर्नुपर्ने बताए । उनले व्यवसायीका व्यवहारिक समस्यालाई सरकारले सम्बोधन गर्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप