शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हिंसाका गतिविधि सञ्चालन गर्ने पक्षसँग अविलम्ब वार्ता गर्नुपर्छ : गच्छदार

शनिबार, ११ फागुन २०७५, १७ : ०८
शनिबार, ११ फागुन २०७५

नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले मुलुकमा हिंसाका गतिविधि सञ्चालन गर्ने पक्षसँग सरकारले अविलम्ब वार्ता गर्नुपर्ने बताएका छन् । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले गोलीबाट समस्या समाधान नहुने भएकाले हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (चन्द) सँग वार्ता गर्नुपर्नेमा जोड दिएका हुन्। विगतका घटनाबाट हामीले पाठ सिक्नुपर्नेमा जोड दिँदै उपसभापति गच्छदारले सम्वद्ध पक्षसँग वार्ता गरी समस्या समाधान गर्नका लागि सरकारलाई प्रतिपक्षको सहयोग रहनेछ भने । 

उनले वर्तमान दुईतिहाइ बहुमतको सरकारले जनताको पक्षमा काम गर्न नसकेको र जनताले परिवर्तनको महसुस गर्न नपाएको आरोप लगाए । 

मुलुकमा राजनीतिक परिवर्तन ल्याउन प्रतिपक्षलगायत अन्य राजनीतिक दलको ठूलो योगदान रहेको छ भन्दै उपसभापति गच्छदारले बहुमतको सरकारले मात्र सङ्घीयताको सफल कार्यान्वयन गर्न नसक्ने जिकिर गरे । 

एक प्रश्नको जवाफमा नेपाली काङ्ग्रेसले संविधानमा धर्मनिरपेक्षता स्वीकारिसकेको अवस्थामा हिन्दू राष्ट्र कायम हुनुपर्छ भन्ने धारणा नेपाली काङ्ग्रेसको आधारिक धारणा नभएको नभएको जानकारी दिँदै उनले सबै नेपाली जनताको स्वीकार्य संविधान बनाउनका लागि संविधान संशोधन आवश्यक रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप