बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले जनताको काम गरेन, बोल्ने मात्रै काम गर्योः माधव नेपाल

शनिबार, ११ फागुन २०७५, १६ : ४२
शनिबार, ११ फागुन २०७५

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता माधव कुमार नेपालले भ्रष्टाचार मौलाएको बताएका छन् । 

शनिबार राजधानीमा आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोश्रो बाािर्षक साधारणसभालाई सम्बोधन गर्दे नेता नेपालले दण्डहीनताका कारण सबैतिर भ्रष्टाचार मौलाउँदै गएको बताए । 

उनले सरकारी कार्यालयका कर्मचारीहरु पुरा समय कार्यालयमा नहुने, पैसा विना सेवाग्राहीको काम नगर्ने प्रवृति व्यापक बन्दै गएको टिप्पणी गरे । 

अमूक संस्था मात्रैको हैसियतमा राज्य रहन नसक्ने भन्दै उनले जनतालाई सुरक्षा, न्याय र समानताको प्रत्याभूति गर्दै अन्याय,अत्याचार र भ्रष्टाचारलाई नियन्त्रण गर्ने दायित्व राज्यको भएको बताए । 

नेता नेपालले सरकारमा रहेकाहरुमा जनताको आवाज सुन्ने भन्दा पनि बोल्ने प्रवृति मात्रै हावी भएको टिप्पणी गरे ।  जुनसुकै क्षेत्र र व्यवसायमा देखिएका समस्याहरुलाई राष्ट्रिय समस्याको रुपमा लिदै समयमै सम्बोधन नहुने हो भने त्यसले बिसंगति निम्त्याउने भन्दै उनले जनताको गुनासो तत्काल सुन्न सरकारलाई सचेत गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप