शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिकी भूमिमा श्रीलंकाको ऐतिहासिक जीत

शनिबार, ११ फागुन २०७५, १६ : ३३
शनिबार, ११ फागुन २०७५

पोर्ट एलिजाबेथ । श्रीलंकाले दक्षिण अफ्रिकाबिरुद्ध टेस्ट शृङ्खलामा ऐतिहासिक जीत हासिल गरेको छ ।

दोस्रो टेस्टमा ८ विकेटको जीत हासिल गर्दै श्रीलंका दक्षिण अफ्रिकी भूमिमा टेस्ट शृङ्खला जित्ने इङ्ग्ल्याण्ड र अस्ट्रेलियापछि तेस्रो टोली बनेको हो ।

जीतका लागि १९७ रनको लक्ष्य पाएको श्रीलंकाले ४५.४ ओभरमा मात्र दुई विकेटको क्षतिमा सफलतापूर्वक पछ्यायो ।

श्रीलंकाका लागि ओसाडा फर्नान्डो र कुशल मेन्डिसले क्रमशः ७५ र ८४ रन बनाए ।

यसअघि पहिलो इनिङमा दक्षिण अफ्रिकाले २२२ रन बनाएको थियो भने श्रीलंका मात्र १५४ रन मा समेटिएको थियो ।

तर, दोस्रो इनिङमा कमब्याक गर्दै श्रीलंकाले दक्षिण अफ्रिकालाई १ सय २८ रनमा सिमित गर्न सफल भएको थियो ।

योसँगै श्रीलंकाले २–० ले शृङ्खला आफ्नो कब्जामा पार्यो । पहिलो टेस्टमा श्रीलंकाले दक्षिण अफ्रिकालाई १ विकेटले पराजित गरेको थियो ।

दोस्रो टेस्टमा कुशल मेन्डिस प्लेअर अफ द म्याच घोषित भए भने शृङ्खलामा ११२ को औसतले सर्वाधिक २२४ रन बनाएका कुशल परेरा प्लेयर अफ द सिरिज घोषित भए ।

अब दुई टोली एकदिवसीय र टी–२० शृङ्खलामा प्रतिस्पर्धा गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप