बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले–माओवादी मिलन, नुन र चिनीको घुलन :  मन्त्री विष्ट

शनिबार, ११ फागुन २०७५, १६ : २०
शनिबार, ११ फागुन २०७५

बुटवल– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा श्रम रोजगार तथा सामाजिक  सुरक्षा मन्त्री गोकर्णराज विष्टले पूर्व माओवादी र एमालेको एकतालाई नुन र चिनी मिश्रणको संज्ञा दिएका छन ।
 शनिवार गृह जिल्ला गुल्मीको इस्मा गाउँपालिकास्थित पार्टी कार्यकर्तालाई सम्वोधन गर्दै मन्त्री विष्टले यस्तो संज्ञा दिएका हुन् ।

 ‘पार्टी एकताको भावलाई जनस्तरसम्म पुर्याउनु पर्छ, यो एकतालाई बलियो बनाउँदै लैजाऔं, हामी बेग्ला बेग्लै बिचार र सिद्धान्त बोकेर आएका दुई ठुला पार्टीहरु  एक भएका छौं, ’ उनले भने –‘हामी दुई पार्टीको मिलन हुनु भनेको नुन र चिनीको घुलन  हुनु जस्तै हो । ’

  उनले केही पक्ष पार्टी एकता मजवुद हुन नदिन प्रचारवाजीमा उत्रिएको भन्दै  सचेत रहन कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । सरकारका राम्रा कामलाई समेत नकरात्मक रुपमले प्रचार गर्न खोजिएको उनको दाबी थियो । 
   ‘प्रधानमन्त्री केपी शर्मा ओलीले रेल र पानी जहाज ल्याउँछौं भन्दा गिल्लाईन्थो, ब्याङ्ग गरिन्थ्यो’ उनले थपे, ‘आखिर पानी जहाज र रेल आउने नै त भयो नि , अब के भन्ने ? ’ पानी जहाज र रेल सरकारमा गएको ६ महिना , बर्ष दिन मै आउने चिज नभएको भन्दै उनले रेल र  पानी जहाज ल्याउने प्रकृया सुरु भएको र केहि बर्ष कुर्न आग्रह गरे ।

 दुई महिना पछि हुने बजेट भाषणमा बृद्ध भत्ता केहि बृद्धि गर्ने र पाँच बर्ष भित्र पाँच हजार पुर्याउने प्रतिबद्धता पनि उनले जनाए ।

  उनले  आफ्नो निर्वाचन क्षेत्रको कुनै पनि बिकास निर्माणमा पैसाको अभाव हुन नदिने उद्घोष गर्दै हरेक नगर र गाउँपालिकाले बजेट विनियोजन गर्ने बेला पछाडी परेको वर्ग , समुदाय र गरिव विपन्नहरुको जिवनस्तर उकास्ने गरी कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गरे ।

   शनिवार नै  ईस्मा गाउँपालिकाको चौथो गाउँ सभालाई सम्वोधन गर्दै विष्टले जनप्रतिनिधीहरुले  जनता प्रति उत्तरदायी, इमान्दार र निस्वार्थी भएर काम गर्न आग्रह गरेका थिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी .( नेकपा ) गुल्मीका सचिव बुद्धि जिसीले नेकपाको सरकारले चुनाव ताका गरेका प्रतिबद्धता भन्दा बढि काम गरेर देखाउने दावी गरेका थिए ।  गृह जिल्ला ४ दिन बसेर २० वटा कार्यक्रम सक्दै मन्त्री विष्ट र नेता जिसी आजै राजधानी तर्फ लागेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप