बम बिस्फोटको भोलिपल्ट यस्तो देखियो एनसेल मुख्यालय परिसर (फोटोफिचर)
शनिबार, ११ फागुन २०७५, १४ : २५
ललितपुर । ललितपुर महानगरपालिका–४ नख्खुस्थित एनसेलको कार्यालय अगाडि शुक्रबार साँझ शक्तिशाली बम बिस्फोट भयो । बम बिस्फोटका कारण वरपरका घरका सिसाहरु फुटेका छन् । घटनापछि पनि सो क्षेत्रका वासिन्दा त्रसित छन् ।
शनिबार मध्यान्ह रातोपाटीकर्मी घटनास्थलमा पुग्दा बम बिस्फोटबाट फुटेका झ्यालका सिसा यत्रतत्र छरपष्ट अवस्थामा देखिन्थ्यो । छरपष्ट अवस्थामा सडकमा रहेको सिसाका टुक्रा ब्रुमरले हटाउने काम गरिरहेको छ ।
घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी व्यापक मात्रामा परिचालन गरिएको छ । सर्वसाधारण बम बिस्फोट भएको स्थानलाई अभिरुचि राखेर नियालिरहेका छन् ।
यस्तै सो बिस्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको परिचय भने खुलाइएको छैन् ।








Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण