शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बम बिस्फोटको भोलिपल्ट यस्तो देखियो एनसेल मुख्यालय परिसर (फोटोफिचर)

शनिबार, ११ फागुन २०७५, १४ : २५
शनिबार, ११ फागुन २०७५

ललितपुर । ललितपुर महानगरपालिका–४ नख्खुस्थित एनसेलको कार्यालय अगाडि शुक्रबार साँझ शक्तिशाली बम बिस्फोट भयो । बम बिस्फोटका कारण वरपरका घरका सिसाहरु फुटेका छन् । घटनापछि पनि सो क्षेत्रका वासिन्दा त्रसित छन् । 

शनिबार मध्यान्ह रातोपाटीकर्मी घटनास्थलमा पुग्दा बम बिस्फोटबाट फुटेका झ्यालका सिसा यत्रतत्र छरपष्ट अवस्थामा देखिन्थ्यो । छरपष्ट अवस्थामा सडकमा रहेको सिसाका टुक्रा ब्रुमरले हटाउने काम गरिरहेको छ ।  

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी व्यापक मात्रामा परिचालन गरिएको छ । सर्वसाधारण बम बिस्फोट भएको स्थानलाई अभिरुचि राखेर नियालिरहेका छन् । 

यस्तै सो बिस्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको परिचय भने खुलाइएको छैन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप