मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बम बिस्फोटका घाइतेलाई गृहमन्त्री र आईजीपीले भेटे, उपचार खर्च सरकारले ब्यहोर्ने

शनिबार, ११ फागुन २०७५, १४ : ०१
शनिबार, ११ फागुन २०७५

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बम बिस्फोटमा परि घाइते भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारत घाइतेको स्वास्थ्य अवस्था बुझ्दै गृहमन्त्री थापाले मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने बताए ।

साथैै उनले दोषीमाथि अनुसन्धान गरी कडा कारबाही गरिने जानकारी दिए । गृहमन्त्री थापासहित नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल र महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआइजी) शैलेश थापा क्षत्री अस्पतालमा पुगेका थिए ।

ललितपुरको नख्खुस्थित एनसेल कार्यालय बाहिर शुक्रबार राति बम विस्फोट भएको थियो । बिस्फोटमा परेर गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

घाइते प्रतिक्षा खड्काको अल्का अस्पताल र आयुषा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप