शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीको बसुन्धारामा बसको ठक्करबाट शिक्षकको मृत्यु

शनिबार, ११ फागुन २०७५, १३ : ५३
शनिबार, ११ फागुन २०७५

काठमाडौँ– बसुन्धरामा बसको ठक्करबाट एक शिक्षकको मृत्यु भएको छ । आज बिहान ७ः१५ बजे महाराजगञ्जबाट नयाँ बसपार्क आउँदै गरेको बा४ख ८४०७ नंको सार्वजनिक यातायात प्रालिले ठक्कर दिँदा बा५५प २९९ नंको मोटरसाइकलमा सवार ३९ वर्षीय प्रदीप न्यौपानेको मृत्यु भएको हो । 

लमजुङ सुन्दरबजार नगरपालिका–४ धारापानी घर भई हाल वनस्थली बस्ने घाइते न्यौपानेको उपचारका क्रममा ग्रिनसिटी अस्पताल बसुन्धरामा निधन भएको महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख झलकबहादुर थापामगरले जानकारी दिए । 

नेपाल मोडल माध्यामिक विद्यालय बसुन्धराका अध्यक्षसमेत रहेका मृतक न्यौपानेले साउथ वेस्र्टन कलेज बसुन्धरामा भौतिक विज्ञान तथा गणित विषयमा लामो समयदेखि शिक्षण गर्दै आएका थिए । 
 दुर्घटना गराउने बसका चालक रामेछापका २३ वर्षीय मेखबहादुर कार्की र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप